अन्नपूर्णका विद्यालयलाई नेलम्बोद्वारा सहयोग

हेमजा, मंसिर १६ गते ।अन्नपूर्ण गाउँपालिकाका सामुदायिक विद्यालयहरुलाई पोखरा ४ स्थित नेलम्बो नेपालले स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ ।आइतवार गाउँपालिकामा भएको एक कार्यक्रमका बीच नेलम्बोले कुल ५१ विद्यालयलाई सामग्री प्रदान गरेको हो ।संस्थाका अध्यक्ष एकदेव देवकोटासहितको टोलीले ति सामग्री गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ लगायत विद्यालयका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेको हो ।करिव रु.६ लाख वरावरका माक्र्स, सेनिटाइजर, ग्लोब्स्, थर्मल गन लगायतका सामग्री वितरण गरिएको नेलम्बोले जनाएको छ ।

कार्यक्रममा भनाई राख्दै गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले कोरोना भाइरस विरुद्घको अभियानमा नेलम्बो नेपालले आफूहरुलाई ठुलो साथ दिएको जानकारी दिइन्।उनले स्वास्थ्य सामग्रीको सदुपयोग गर्न आग्रह गर्दै माक्र्स प्रयोग पछि यत्रतत्र नफाल्न सुझाव पनि दिइन्।नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइ रहेकोमा पछिल्लो समय स्वास्थ्य अन्र्तगत कोभिड विरुद्घका सामग्रीहरु प्रदान गर्दै गाउँगाउँ पुगेको स्पष्ट पारे ।

 

प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले नेलम्बो नेपालले विभिन्न चरणमा सहयोग गर्दै आएकोमा आभार प्रकट गर्दै संकटका वेला सहयोग गर्नु ठुलो धर्म हुने औँल्याए ।कार्यक्रमका बीच शिक्षा अधिकृत बलराम भुगाई, धारापानी माविका प्रधानाध्यापक महेन्द्रबहादुर कुँवर, संस्थाका जनसम्पर्क सुपरभाइजर भीमप्रसाद भण्डारी, स्वास्थ्य प्रवर्धन संयोजक निर्मला देवकोटा, खोज अधिकृत समिका बस्नेत लगायतले धारणा राखेका थिए ।

 

संस्थाले जिल्लाभर गरी हालसम्म करिव ६५ हजार जनतालाई पुग्ने गरी रु. ६२ लाख मूल्यका स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ। त्यसका साथै संस्थाले सामग्री प्रयोग गर्ने तरिकाका बारेमा पनि स्थानीय जनतालाई सिकाउँदै आएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...