पोखराका ४४ सहित गण्डकीमा थपिए ५९ संक्रमित

पोखरा, मंसिर १६ गते । गण्डकी प्रदेशमा मंगलबार ५९ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेका तीन विज्ञप्ति अनुसार पोखराका ४४ जना सहित गण्डकीमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका मध्य नवलपरासीमा ११ जना, बाग्लुङ ३ जना, गोरखा १ जना रहेका छन् । गण्डकीमा अहिलेसम्म १२११७ जना संक्रमित पुगेको छन् । यसैवीच कोरोनाले संक्रमणबाट गण्डकीमा मंगलबार एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्ति अनुसार गोरखा नगरपालिका–६ की ७५ बर्षीय महिलाको मृत्यु भएको हो ।

गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।मृतक महिलामा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...