पोखराका ९४ सहित गण्डकीमा १२२ संक्रमित थपिए

पोखरा, मंसिर १६ गते । गण्डकी प्रदेशमा १२२ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार जारी गरेका छैठौ विज्ञप्ति अनुसार पोखराका ९४ जना रहेका छन्।

त्यनवलपरासीमा ११ जना, तनहुँ ७ जना, बाग्लुङ ३ जना, स्याङजा ४ जना, म्याग्दी एक जना, पर्वत एक जना र गोरखा एक जना थपिएका छन् । गण्डकीमा अहिलेसम्म १२१८० जना संक्रमित पुगेको छन् । यसैवीच कोरोनाले संक्रमणबाट गण्डकीमा मंगलबार एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्ति अनुसार गोरखा नगरपालिका–६ की ७५ बर्षीय महिलाको मृत्यु भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...