बसको ठक्करले एक जनाको मृत्यु, दुई जना घाइते

पोखरा, मंसिर १६ गते । गण्डकी प्रदेशमा सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मध्यबिन्दु नगरपालिका १३ बस्ने २६ वर्षिय सन्त बहादुर कुमालको मृत्यु भएको छ ।

घटना लगत्तै अस्पिटल पुयाएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । ।घाइते हुनेहरुमा नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका १३ बस्ने वर्ष ३५को मनु वि क र वर्ष २६ को तुल बहादुर खाम्चा मगर घाइते भएका छन् । उनीहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

मध्यबिन्दु नगरपालिका ९ बसन्तपुर स्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको थुम्कीदेवी बोर्डिङ स्कुलको ग १ क २४८३ नंम्बको बसले विपरित दिशा तर्फ जाँदै गरेको लु २० प २४३७ नं को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जना घाइते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भैरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...