नेकपा बैठक सम्पन्न, भोली पुनः १ बजे बालुवाटारमा बस्ने

काठमाडौं, मंसिर १६ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को मंगलबार बसेको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।


अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको छुट्टाछुट्टै प्रस्तावमा केन्द्रित भएर छलफल शुरुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । बोल्नेक्रम जारी रहेकाले बुधबार पुनः १ बजे बालुवाटारमा बस्नेगरी आजको बैठक सम्पन्न भएको उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले कात्तिक २८ गते प्रस्ताव पेश गर्नुभएको थियो भने त्यसको जवाफसहितको प्रस्ताव अध्यक्ष ओलीले मंसिर १३ गते पेश गर्नुभएको थियो । आजको बैठकमा दुई अध्यक्षले आफ्नो धारणा राख्नुभएपछि सचिवालयका केही सदस्यहरुले पनि धारणा राख्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

मंसिर १८ गते स्थायी कमिटी बैठक बोलाइएकाले भोली नै सचिवालय बैठक राखिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । पार्टीको समस्या पहिचान गरी निदान गर्नेगरी छलफल शुरुभएकाले निस्कर्षमा पुगिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...