महिलाहरुले राजनीति बुझनुपर्छ ः सांसद कोइराला

पोखरा, मंसिर १६ गते । गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले नेपालको संविधानले महिला अधिकारलाई स्थापित गरेको बताउनुभएको छ ।महिला मावन अधिकार रक्षक सञ्जालले मंगलबार पोखरा १६ बाटुलेचौरमा आयोजना गरेको लैंगिक हिंसा बिरुद्वको १६ दिने अभियान अन्र्तगत प्रजन्न स्वास्थयमा सुरक्षित गर्भपतन सेवा र अधिकार कार्यक्रममा बोल्दै उहाँले महिलाले आफना अधिकारका बारेमा जानकारी राख्नुपर्नेमा समेत जोड दिनुभयो । महिलाले राजनीतिक गर्न हुदैन भन्ने मान्यता महिलाहरुले राख्ने गरेका कारण पछाडी परेको बताउनुभयो । सबैले महिलाले राजनीति गर्नुपर्छ भन्ने छैन तर देशको अवस्था बारे जानकार हुनुपर्नेमा सांसद कोइरालाले जोड दिनुभयो ।

सबैले राजनीति गरेर साध्य हुदैन् तर राजनीति बुझनुपर्छ । देशमा के भैरहेको भन्ने बारेमा चासो राख्नुपर्ने उहाँको भनाई थियो । उहाँले नेपालमा सुरक्षित गर्भपतनले मान्यता पाएपनि अझै धेैरै दिदिबहिनीहरुलाई त्यस बारेमा जानकारी नहुदाँ असुरक्षित गर्भपतनका कारण ज्यान जाने गरेको बताउनुभयो । कार्यक्रममा शिसुवा अस्पतालका बरिष्ठ नर्सिङ अधिकृत प्रतिभा कोइरालाले बताउनुभयो । असुरक्षित गर्भपत गराउनेहरुको पछिल्ला दिनमा केही घटेको अुनसक्ने भएपनि त्यसको अध्ययन रिपोर्ट नआएको उहाँले बताउनुभयो । असुरक्षित गर्भपतनका कारण विश्वमा प्रति वर्ष ५० लाखमा विभिन्न रोग लाग्ने गरेको र त्यही कारण मृत्यु हुने गरेकोक उहाँले बताउनुभयो ।

विश्वास स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा एक वर्षमा २० करोड ८० लाख महिला गर्भबती हुन्छन् । ती मध्य ५० लाखले गर्भपतन गराउने गरेका छन् । गर्भवती हुने संख्याको २२ प्रतिशतले गर्भपतन गराउने गरेको नर्सिङ अधिकृत कोइरालाले बताउनुभो । गर्भपतन गराउनुका कारणमा अबान्छीत गर्भ रहनु, परिवारमा बच्चाको आवश्यकता पुरा भएपछि पनि गर्भ रहनु, जवरजस्तीकरणी र हाडनाता सम्बन्धबाट गर्भ रहेको अवस्थामा गर्भपतन गराउने गरेको उहाँको भनाई छ ।

 

त्यस्तै उहाँले महिला रोजगारीमा रहेका कारण र अध्ययन पुरा नहुदै र श्रीमान विदेश गएका कारण गर्भ रहेमा पतन गराउन खोज्नेहरुको संख्या बढि रहेको बताउनुभयो । कार्यक्रममा सहजीकरण विना पुन मगरले गर्नुभएको थियो । महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य मञ्जु बस्यालले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...