विश्व पावर लिफटिङ प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी भारत प्रस्थान

एकराज गिरी
पोखरा, मंसिर १६ गते । विश्वकप पावर लिफटिङ–२०२० प्रतियोगितामा सहभागीता जनाउन नेपाली खेलाडी भारत प्रस्थान गर्नुभएको छ । डिसेम्बर ४ देखि ७ गतेसम्म भारतको महाराष्ट्रमा हुने २५ औं विश्वकप पावरलिफ्टिङ–२०२० प्रतियोगितामा सहभागी हुन खेलाडीहरु मंगलबार भारत प्रस्थान गर्नुभएको हो ।

प्रतियोगितामा नेपाली पाँच खेलाडीले सहभागीता जनाउनुहुने छ । प्रतियोगितामा सहभागी हुने खेलाडी मध्य चार जना पुरुष र एक जना महिला हुनुुहुन्छ । प्रतियोगितामा सहभागी खेलाडी मध्य ४ जना पोखराका हुनुहुन्छ भने एक महिला सुर्खेतबाट हुनुहुन्छ । प्रतियोगितामा पोखराका हसन गुरुङले ८० केजी तौल समूहमा, पोखराकै राजेश सुवालले ९० केजी तौल समूहमा, पोखराकै सुजन आलेले ७५ केजी तौल समूहमा र पोखराकै आशिष आलेले १०० केजी तौल समूहमा प्रतिष्पर्धा गर्ने र श्रुती कार्कीले भने ५५ केजी तौल समूहमा प्रतिष्पर्धा गर्ने अफिसियल जीवन गिरीले जानकारी दिनुभयो ।

 

प्रतियोगितामा २५ देशका खेलाडीले सहभागीता जनाउने बताइएको छ । एक वर्ष अगाडी नै प्रतियोगिताको मिति तय भएको र विचमा कोरोनाका कारण सरेको बताइएको छ ।खेलाडीहरुलाई रुपन्देही जिल्ला शारीरिक तथा फिटनेस संघले विदाई गरेको छ । खेलाडीहरुलाई खाद माला लगाएर उत्कृष्ट खेल प्रर्दशन गर्न शुभमकामना ब्यक्त गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...