प्रजनन स्वास्थ्य अधिकार बारे महिला अझै बेखबर

नेपालमा असुरक्षित गर्भपतनबाट प्रतिघण्टा २१ जनाको मृत्यु,एक वर्षमा २० करोड ८० लाख महिला गर्भबती हुन्छन्

एकराज गिरी

पोखरा, मंसिर १७ गते ।असुरक्षित गर्भपतनबाट प्रति घण्टा नेपालमा २१ जना महिलाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनीक गरिएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत सामाजिक विकास मन्त्रालय गण्डकीको सहकार्यमा महिला  मानव अधिकार रक्षक सञ्जाल कास्कीको आयोजना र आइपास नेपालको प्राविधि सहयोगमा प्रजनन स्वास्थ्य अधिकार तथा सुरक्षित गर्भपतन सेवा सम्बन्धि महिला अधिकारकर्मीहरुसंग आयोजित छलफल कार्यक्रम उक्त तथ्यांक सार्वजनीक गरिएको हो ।

तथ्याङक अनुसार प्रति दिन ५०४ महिलाको असुरक्षित गर्भपनका कारण मृत्यु हुने गरेको छ । असुरक्षित गर्भपतनका कारण मातृ मृत्यु दर बढदो क्रममा रहेको भन्दै त्यसलाई घटाउन सबै लाग्नुपर्नेमा समेत जोड दिइएको थियो । नेपालमा बार्षिक तीन लाख २३ हजार महिलाले गर्भपतन गराउने गरेका छन् । ती मध्ये एक लाख ८६ हजार १ सय ५ जनाले असुरक्षित गर्भपतन गराउने गरेको अधिकृत कोइरालाले जानकारी दिनुभयो । नेपालका ४२ प्रतिशत महिलाले मात्रै मान्यता प्राप्त संस्थाबाट गर्भपतन गराएको जानकारी दियो । ६२ प्रतिशतल महिलामा गर्भपतनले कानुनी मान्यता पाएको बारेमा जानकारी नभएको बताउदै उहाँले भन्नुभयो, ‘गर्भपतनले सामाजिक मान्यता नपाएको कारण लुकिछिपी असुरक्षित गर्भपतन भैरहेको छ।’

नेपालमा ५१ प्रतिशत महिलाले मात्रै सुरक्षित गर्भपतन गराउने गरेका छन  भने ४९ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउने गरेको बरिष्ठ नर्सिङ अधिकृत प्रतिभा कोइरालाले बताउनुभयो । असुरक्षित गर्भपत गराउनेहरुको पछिल्ला दिनमा केही घटेको अुनसक्ने भएपनि त्यसको अध्ययन रिपोर्ट नआएको उहाँले बताउनुभयो ।असुरक्षित गर्भपतनका कारण विश्वमा प्रति वर्ष ५० लाखमा विभिन्न रोग लाग्ने गरेको र त्यही कारण मृत्यु हुने गरेको उहाँले बताउनुभयो ।विश्वास स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा एक वर्षमा २० करोड ८० लाख महिला गर्भबती हुन्छन् । ती मध्य ५० लाखले गर्भपतन गराउने गरेका छन् ।

 

गर्भवती हुने संख्याको २२ प्रतिशतले गर्भपतन गराउने गरेको नर्सिङ अधिकृत कोइरालाले बताउनुभो । गर्भपतन गराउनुका कारणमा अबान्छीत गर्भ रहनु, परिवारमा बच्चाको आवश्यकता पुरा भएपछि पनि गर्भ रहनु,  जवरजस्तीकरणी र हाडनाता सम्बन्धबाट गर्भ रहेको अवस्थामा गर्भपतन गराउने गरेको उहाँको भनाई छ । त्यस्तै उहाँले महिला रोजगारीमा रहेका कारण र  अध्ययन पुरा नहुदै र श्रीमान विदेश गएका कारण गर्भ रहेमा पतन गराउन खोज्नेहरुको संख्या बढि रहेको छ । विश्वमा असुरक्षित गर्भपतनका कारण ७.९ प्रतिशत मातृ मृत्यु दर रहेको छ । ।गर्भबती भएदेखि सुत्केरी भएको ४५ दिनसम्मलाई मातृ मृत्यु दर भनिने नर्सिङ अधिकृत कोइरालाले जानकारी दिनुभयो । गर्भ रहेदेखि सुत्केरी भएको ४५ दिनभित्र हुने मृत्युलाई मातृ मृत्यु दर भनिन्छ उहाँले भन्नुभयो,‘असुरक्षित गर्भपतनका धेरै महिलाले ज्यान गुमाउने गरेका छन् ।’

सन् २००६ मा नेपालमा मातृ मृत्यु दर २८१ थियो सन् २०१६ मा घटेर  २३९ मा झरेको छ । गर्भवती हुने प्रति १ लाख जिवित जन्ममा २३९ मातृमुत्यु दर रहेको उहाँले बताउनुभयो ।म्हिलाले गर्भपतन गराउनुको मुख्य कारणमा परिवार नियोजनको पहुँच र आफनो अधिकार बारे जानकारी नभएका कारण हुने गरेको बताइयो । १९ प्रतिशत महिलाले नचाहेको वा अबान्छित गर्भधारण गर्ने गरेका छन् । महिलामा कानुनी ज्ञान नहुनु, आफुले पाउने सेवा बारे जानकार नहुदाँ असुरक्षित गर्भपतन गराउने गरेको कार्यक्रम जानकारी दिइयो । प्रजनन अधिकार बारे ४१ प्रतिशत महिला मात्रै जानकार रहेका छन् ।  पहिले गर्भपतन गर्ने गराउने दुवै कानुनका भागीदार हुनुपर्ने अवस्था रहेको थियो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रर्देशका नर्सिङ अधिकृत कमला राना मगरले पछिल्लो समय औषधी सेवन मार्फत गर्भपतन गराउनेको संख्या बढेको बताउनुभयो । ‘सिर्जकल अपरेशन गरेर भन्दा औषधी सेवन गर्नेहरुको संख्या बढदो छ । यसले गर्दा गर्भपतनपछिको जटिलता बढेको छ ।’

 

उहाँले गर्भपतन बारे सचेतना जगाउदै असुरक्षित गर्भपतन घटाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा नेपाल कम्युष्नि पार्टी(नेकपा) सचेतक गायत्री गुरुङले महिला अधिकारका पक्षमा कानून बनेपनि कार्यान्वयन हुन नसकेको बताउदै महिलाहरुमा अझै जनचेतानाको खाँचो रहेको बताइन् । कार्यक्रममा अर्जुनचौपारी गाँउपालिका उपाध्यक्ष चिनमाया गुरुङ, राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका निर्देशक नितु गतौला, प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मी, प्रहरी निरिक्षक चुनु गुरुङ, आइपास नेपालका गण्डकी संयोजक थमकुमारी कुँवर, अधिवक्ता कल्पना भण्डारी लगायतले महिलाको प्रजनन अधिकार बारे बोलेका थिए ।

नेपालमा दैनिक सयौ महिलाले मृत्युबरण गर्नुपर्ने गम्भिर विषयमा कसैले ध्यान नदिएको बताउदै मानवअधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारा थापा मगरले भन्नुभयो,‘सुरक्षित गर्भपतन, प्रजनन अधिकार बारे महिलालाई सचेत बनाउन लाग्नुपर्छ ।’वि.स.२०५९ सालबाट मात्रै गर्भपतनले  कानुनी रुपमा मान्यता पाएको हो । यो सेवा  निशुल्क छ तर त्यो धेरै महिलाको पहुच र जानकारी नहुदाँ असुरक्षित गर्भपन बढेको छ अध्यक्ष तारा थापा मगरले भन्नुभयो ।

१६ दिने कार्यक्रम अन्र्तगत पोखराका  विभिन्न वडामा रहेका सुकुम्बासी बस्तीहरुमा सुरक्षित मातृत्व बारे सचेतना मुलक अन्र्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । मंगलबार  पोखरा १६ बाटुलेचौरको तल्लो गोस्तेघाटमा रहेको सुकुम्बासी बस्तीमा प्रजनन अधिकार बारे कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै आज  पोखरा महागनरपालिका वडा नम्वर ३० को खुदी ढुंगेपाटनमा कार्यक्रम सञ्चालन गरीने भएको छ ।  पोखरा १३ मियाँपाटनको मुस्लिम बस्तीमा मंसिर २२ गते र पोखरा १४ रातो डाँडामा रहेको सुकुम्बासी बस्तीमा मंसिर २३ गते कार्यक्रम गर्ने महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारा थापा मगरले जानकारी दिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...