आज अपाङ्गता दिवस, विभिन्न कार्यक्रम गरी मनाइने

काठमाडौँ, मङ्सिर १८ गते । अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवस बिहीबार मनाइँदैछ । ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यो दिवसमनाइने भएको हो ।


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घद्वारा बुधबार आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको अधिकार र आवश्यकताको सवालमा साताव्यापी कार्यक्रमसहित दिवस मनाइने जानकारी दिइयो । महासङ्घका महासचिव राजु बस्नेतले अपाङ्गताको विषयलाई सम्बोधन गर्न यकिन तथ्याङ्क आउने गरी राष्ट्रिय जनगणना २०७८ मा हुने जनगणनालाई समावेशी बनाई अपाङ्गता भएका व्यक्तिको समेत वास्तविक गणना गर्न आग्रह गर्नुभयो ।

पोखरामा दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । “ कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धताू” भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको २९औ अन्तराष्ट्रिय दिवस हरेक वर्षहरुझैँ डिसेम्बर ३ का दिन मनाउन लागिएको जनाइएको छ । विभिन्न अन्तरक्रिया,छलफल तथा बहस कार्यक्रमहरुमा अपाङ्गताको क्षेत्रका विभिन्न व्यक्तित्व र सरोकारवालाहरुलाई आमन्त्रण गरि अपाङ्गता भएका व्यक्तिहरुको सवालहरु उठान गरि आम नागरिकहरु सम्म पुर्याउन सहयोग गरिदिनु हार्दिक समेत गरीएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...