एक हजार ३४३ सङ्क्रमित थपिए

काठमाडौं, मङ्सिर १८ गते । नेपालमा कोरोना भाइरसका एक हजार ३४३  जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३७ हजार ५८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ३४३ जना सङ्क्रमित थपिएकाे पुष्टि भएको उल्लेख गरेको छ । नेपालमा पछिल्लो २४ घण्टामा नौ हजार २८९ परीक्षण भएको छ । मन्त्रालयका अनुसार १७ लाख ६३ हजार ९१९ परीक्षण भइसकेको छ ।

पछिल्लो चौबीस घण्टामा एक हजार ३४३ जना सङ्क्रमित थपिएकाे पुष्टि भएको उल्लेख गरेको छ । हाल १५ हजार ७६६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार १११ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख २० हजार २७२ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा कोभिड–१९ को संक्रमणमुक्त हुने दर ९२.७१ प्रतिशतमा उक्लेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ५७६ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...