कोरोना संक्रमणबाट पोखरामा एकजनाको मृत्यु

पोखरा, मंसिर १९ गते । कोरोना भाइरस संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेका विज्ञप्ति अनुसार पोखरा महानगरपालिका वडा नम्वर ८ की ६६ बर्षीय महिलाको मृत्यु भएको हो । उपचारका क्रममा शुक्रबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको निर्देशनालयले जाएको छ ।

कोरोना संक्रमणबाट गण्डकीमा १६३ जनाको मृत्युभएको छ । त्यस्तै शुक्रबार गण्डकीमा ८४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्य ७१ जना पोखरा महानगरपालिकाका रहेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेका चार विज्ञप्ति अनुसार म्याग्दी ९ जना,स्याङजाका दुई जना र तनहुँ र बाग्लुङका एक जना रहेका छन् । गण्कडीमा संक्रमितको संख्या १२४७९ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...