खोप ल्याउन सरकार तयारी अबस्थामा, कर्मचारी समेत खटाइयो

केशवराज पौडेल
काठमाडौं, मंसिर १९ गते । विश्वमा खोप उत्पादनको चर्चा जति धेरै छ । त्यतिनै नेपाल सरकारले समेत खोप आएसँगै कसरी भण्डारण गर्ने, कसकसलाई लगाउने र कसरी लगाउने भन्ने बारेमा तयारी थालेको छ । त्यसका लागि आर्थिक जोहो, खोप भण्डारको लागि भौतिक पूर्वाधारको विकासमा नेपाल सरकारले सम्बन्धित मन्त्रालय मार्फत कर्मचारी खटाइसकेको छ ।


अहिले मात्रै हैन विश्वमा समय समयमा हुने महामारीविरुद्ध लड्न बन्ने खोपमा सबै देशको समान पँहुच विस्तारमा विश्व स्वास्थ्य संगठनले विगतदेखिनै समानुपातिक वितरणमा ध्यान दिएको छ । कोभ्याक्स(विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंक) सबैले नेपालजस्ता गरिब देशहरुमा समेत कोरोना भाइरसको खोपको सफल परीक्षण भएसँगै कसरी वितरण गर्ने भन्ने बारेमा चासो दिएको छ । कोभ्याक्सले अहिलेसम्म कुनै पनि खोप लगाउने बारेमा अनुमति दिएको छैन । कोभ्याक्सले जुनसुकै खोप बनेको खण्डमा नेपालले समानुपातिक रुपमा भ्याक्सिन पाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

कोभ्याकले नेपाल जस्ता गरिब देशका राष्ट्रप्रमुखलाई यसको जानकारी गराइसकेको छ । सोही आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालले पहिलो चरणमै खोप पाउने बताउनुभएको छ । नेपाल सरकारले खोप आउने कुराको समाचार आउनेक्रम बढेसँगै नेपालमा कसरी खोप ल्याउने र लगाउने भन्ने बारेमा तयारी थालेको छ । अहिले सरकार तयारीकै अवस्थामा रहेको सरकारी अधिकारीहरु बताउनुहुन्छ ।

अन्तिम परीक्षण पूरा भएमा र यसले कोभिडको संक्रमण रोक्ने पुष्टि गरेमा विश्वका धनी, गरिब सबै देशका कम्तिमा तीन प्रतिशत फ्रन्र्ट लाइनरहरुलाई एकै पटक खोप लगाउने तयारी गरेको छ । विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंकको टोलीले कोरोनाको खोप बारे निर्णय गरेसँगै एक पटक विश्वका तीन प्रतिशत देशका नागरिकहरुलाई खोप लगाउँछ ।

विश्वका धेरै देशहरुमा कोरोनाको खोपको अन्तिम परीक्षणको तयारीमा रहेको बेला नेपाल सरकारले समेत खोप बारे चासो देखाएको छ । खोप आउन सक्ने मिति, भण्डारण तथा वितरण कसरीगर्ने भनेर सरकारी संयन्त्रले यसको तयारी थालेको छ ।

स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा खोपको परीक्षण सफल भएसँगै नेपालमा पहिलो चरणमा खोप ल्याउने बताउनुहुन्छ । ‘खोप उत्पादन भएसँगै धनी, गरिब सबै देशका नागरिकलाई एकै पटक विश्व स्वास्थ्य संगठनले खोपको भाइल उपलब्ध गराउँछ’ डा.शर्माले थप्नुभयो, ‘त्यसको लागि कोभ्याक्सले सबै देशहरुमा खोप उपलब्ध गराउँदैछ,खोप आएसँगै कसरी भण्डारण गर्ने र कसरी कस कसलाई लगाउने भन्ने बारेमा हामीले तयारी थालेका छौ, उहाँले भन्नुभयो । तर कुन खोप आउने भन्ने भएपछि मात्रै भण्डारणको बारेमा थप काम हुनेछ ।

‘हामी नेपालले पहिलो चरणमा खोपका भाइलहरु नेपाल ल्याएर कसरी भण्डारण गर्ने र त्यसको स्टोरेज कसरी गर्ने भन्ने बारेमा ध्यान केन्द्रीत गरेर बसेका छौ’ डा.शर्माले भन्नुभयो । खोपको दिने सहमति भएसँगै नेपालमो फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको समूहलाई लगाउने तयारी सरकारले छ । ‘उच्च जोखिममा रहेको समुह र बृद्धबद्धा, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरू प्राथमिकतामा राखेर खोप दिइनेछ’ उहाँले भन्नुभयो ।

केही कम्पनीले बनाएका खोप २–८ डिग्रीसम्म, कुनै माइनस १८ र कुनै माइलन ७० डिग्री सेन्टिग्रेटको तापक्रम आवश्यक पर्दछ । नेपालमा नेपालसँग अहिले दुई देखि आठ डिग्री सेन्टिग्रेटका खोप राख्ने संरचना भएकाले कोभ्याक्सले अनुमति दिएसँगै सरंचनाको विकास कसरी गर्ने भन्ने बारेमा निर्णय हुनेछ ।

‘नेपालमै दुई देखि आठ डिग्रीसम्ममा भ्याक्सिन राख्न सकिने संरचना छन्,त्यसैमा भ्याक्सिन आयो नेपाललाई सहजनै हुन्छ, त्योभन्दा अरु बनाउँदा धेरै धनराशी आवश्यक हुन्छ’ डा.शर्माले भन्नुभयो, त्यो सरंचना बनाउन नेपाल सरकारले तयारी गरिरहेको छ । कोभ्याक्सल खोपको प्रभावकारी (इफेक्टिनेश), उपलब्धता (एभालिबिलिटी), मूल्य (कस्ट), कति वर्षलाई काम गर्छ (टाइम), कति तापक्रममा राख्नुपर्छ (टेम्प्रेचर) भन्ने कुरालाई हेरेर मात्र खोप छनोट गर्ने भएकाले त्यो फाइनल भएपछि मात्रै खोपको छनौट हुन्छ । अनि नेपाल लगायत सदस्य राष्ट्रहरुले भ्याक्सिन पाउँछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...