सम्बन्धित सरकार र कार्यालयसंगको समन्वय बिना पुल उद्घाटन गर्नु हास्यास्पद र लज्जास्पद

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिलिा तथा योजना मन्त्री किरण गुरुङले तनहुँ जिल्लामा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले अनधिकृत रुपमा दुई पुल उद्घाटन गरेको कार्यले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले बिहिवार एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस पार्टीको दबबल सहित कथित उपभोक्ता समितिको आयोजनामा अनाधिकृतरुपमा दुईवटा पुल उद्घाटन गर्नु हास्यास्पद् र लज्जास्पद कुरा भएको बताएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन् । “यसलाई राजनीतिक प्रतिष्ठा बनाउनु भनेको तनहुँका सिङ्गो नेपाली काँग्रेस र यसका नेता तथा कार्यकर्तामा पलाएको हिनग्रन्थीले उत्पन्न बहुलठ्ठीपूर्ण क्रियाकला बाहेक अरु केही होइन ।”

 

उनले आगामी दिनमा यस्ता काम कहीँकतैबाट पनि नहोस् भन्ने कुरामा सम्बन्धित सबै निकाय र सरोकारवालाहरुको ध्यानाकर्षण पनि गराएका छन् ।

 

तनहुँ जिल्लाको सुँडेस्थित सेती नदीमा बनेको मोटरेबल पुल र तनहुँ जिल्लाकै व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दीखोलाको मोटरेबल पुल उद्घाटनको बिषयलाई लिएर नेकपा र नेपाली काँग्रेसबीच विवाद भएको थियो ।

 

सो विवाद झडपमा परिणत हुन लागेपछि उक्त क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको उलङ्घन गरेको भन्दै प्रशासनले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरेको थियो

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...