सुचनाको हकका लागि राष्ट्रिय सञ्जाल पोखरा महानगरका सबै वडामा गठन

पोखरा, मंसिर १९ गते । सुचनाको हकका लािग राष्ट्रिय सञ्जाल पोखरा महानगर सञ्जालले ३३ वटै वडाहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ ।

पोखराका २ वडा वडा नं. ६ र २२ मा वडा भेला मार्फत सञ्जाल गठन गरिएको भएतापनि पछिल्लो समयमा कोभिड १९ को महामारीको कारण महानगर सञ्जालको भर्चुअल बैठकबाट बाँकी रहेका सबै ३१ वडाहरुमा संयोजक चयन गरिएको महानगर सञ्जालका संयोजक कृष्ण क्षेत्रीले वताए ।

 उनका अनुसार सञ्जालको सबै वडाहरुमा विस्तार भएको सञ्जालको पहिलो महानगर पोखरा महानगर भएको छ । हाल सूचनाको हक के हो ? कसरी सूचना पाउन सकिन्छ ? भन्ने विषयमा केन्द्रित रहि सञ्जाल विस्तार गरिएको हो ।

पोखरा महानगरपालिका भित्र सञ्जाल विस्तार गर्ने क्रममा सोचे भन्दा बढि पोखरेली सर्वसाधारणले अत्यन्तै चासो देखाएका महानगरका सदस्य सचिव रेशम खड्काले वताए ।पोखरा महानगर सञ्जालको आयोजनामा हालै वडा संयोजकहरुका विचमा परिचयात्मक कार्यक्रम गरिएको सञ्जालका सदस्य तथा कार्यक्रमका संयोजक कृष्ण रानाभाटले वताए ।

महानगर सञ्जालको नियमित बैठकले संयोजक कृष्ण क्षेत्रीलाई केन्द्रिय सदस्यमा मनोनित गर्न सिफारिस गर्ने तथा सक्रिय सदस्य जिवन आचार्यलाई सूचना अधिकारीको जिम्मेवारी दिने निर्णय भएको सदस्य सचिव रेशम खड्काले वताए ।कार्यक्रममा गण्डकी प्रदेश संयोजक दिपक आचार्य, कास्की जिल्ला संयोजक यदुनाथ वञ्जरा, सहसंयोजक शिवराज वस्ताकोटीलगाएतले सुचनाको हक कार्यान्वयनमा देखिएका चुनौतीहरुका वारेमा आफना अनुभव शेयर गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...