पोखरा महानगर ३३ का किसान तरकारी खेतीमा आकर्षित

महानगर कृषि महाशाखाद्धारा दुई हजार काउलीका विरुवा वितरण

पोखरा, मंसिर २० गते । पोखरा महानगरपालिका ३३ पुडिटारका किसान तरकारी खेतीमा आकर्षित भएका छन् । त्यहाँका किसानले तरकारी खेती गर्न माथिल्लो पुडिटामार सक्रिय कृषि समुह र तल्लो पुडिटार कृषि समुह दर्ता गठन गरेर तरकारी खेती सुरु गर्नुभएको छ । सक्रिय कृषि समुहमा दश जना र कुडिटार कृषि समुहमा ९ जना किसान आवद्ध हुनुभएको छ ।


उहाँहरुल्े पोखरा महानगर कृषि महाशाखामा समुह दर्ता गरेर तरकारी खेती सुरु गर्नुभएको हो । पुडिटारकी नीरा काफ्लले तीन रोपनीमा व्यवसायीक रुपमा तरकारी खेती सुरु गर्नुभएको छ । उहाँले ९० किलो आलु, पाँच सय काउलीका विरुवा, मुला, केराउ लगाउनु भएको छ । उहाँले तरकारी खेतीलाई विस्तार गर्ने योजना बनाएको बताउनुभएको छ । पुडिटामा ३० रोपनी जग्गा छ उहाँले भन्नुभयो, ‘त्यो सबै जग्गामा तरकारी खेती गर्ने योजना बनाएका छौ ।’


उहाँले बेमौसमी तरकारी खेती गर्ने बताउनुभयो । त्यहाँका किसानहरुको उत्साहलाई थप हौसला प्रदान गर्न पोखरा महानगर कृषि महाशाखाले दुई कृषि समहुलाई १५ सय काउली र ५ सय बरकाउलीका विरुवा उपलब्ध गराएको छ । किसानलाई कृषिमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले विरुवा निशुल्क उपलब्ध गराएका छौ महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले भन्नुभयो,‘कृषि समुह दर्ता गरेर सामुहिक गछौ भन्नुभएको छ । उहाँहरुले आफुलाई चाहिने तरकारी उत्पादन गरेपनि बाहिरको तरकारी आयात घटाउन सकिन्छ ।’ उहाँले व्यवसायीक रुपमा खेती गर्नेहरुलाई थप अनुदान उपलब्ध गराइने समेत बताउनुभयो ।

उहाँले समुह गठन गर्ने तर केही नगर्ने हो भने अर्थ नहुने समेत बताउनुभयो । उहाँले महानगरलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले निशुल्क विरुवा, विउविजन र ब्यवसायीककरण गर्न अनुदान समेत उपलब्ध गराउदै आएको बताउनुभयो । उहाँले पछिल्लो समय तरकारी खेती गर्नेहरु बढेको बताउनुभयो । विदेशबाट फर्केका, कोरोनाले रोजगारी गुमेकाहरु कृषिमा आकर्षित भएको बताउनुभयो । कृषिमा सरकारले धेरै लगानी गरेको छ उहाँले भन्नुभयो, ‘सरकारको लगानीलाई सदुपयोग गरेर नागरिकको जीवनस्तरमा सुधार ल्याउने र तरकारीमा आत्मनिर्भर बनाउने हो ।’
पोखरा महानगरपालिका ३३ कृषि सञ्जालका अध्यक्ष चन्द्रप्रासद पौडेलले किसानका समस्यालाई वडा र महागनरसम्म पुयाउने काम आफुले गर्ने र त्यहाँबाट प्राप्त हुने अनुदान ल्याउन आफुले पहल गर्ने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...