हिल हिमालयद्धारा पोखरा रंगशालामा सरसफाई

नवौ राष्ट्रिय खेलकुद बारे छलफल गर्न मंसिर २४ गते बैठक ः राखेप सदस्य गुरुङ

पोखरा, मंसिर २० गते । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने नहुने बारे परिषद्को बैठकले टुङगो लगाउने बताउनु भएको छ ।

हिल हिमालयले शनिबार पोखरा रंगशालामा आयोजना गरेको सरसफाई कार्यक्रमको शुभारम्भ गदै सदस्य गुरुङले परिषद्ले मंसिर २४ गते नवौ राष्ट्रिय खेलकुद बारे छलफल गर्न बैठक बोलाएको बताउनुभयो । उहाँले कोरोना भाइरसका कारण नौ महिना खेलकुद गतिविधि ठप्प भएकाले फागुनमा आयोजना हुने प्रतियोगिता अन्यौलमै रहेकाले हुने नहुने निर्णय बोड बैठकले गर्ने बताउनुभयो । ‘अहिल्यै प्रतियोगिता हुदैन् भन्ने अवस्था छैन् ।

नवौ खेलकुद बारे छलफल गर्न बैठक बोलाइएको छ । बैठकले निर्णय गर्छ ।’ उहाँले प्रतियोगिताका लागि गण्डकी प्रदेश तयार रहेको बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले पनि प्रतियोगिताका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको बताउदै युवा तथा खेलकुद मन्त्रालय, परिषद् र गण्डकी प्रदेश सरकारवीच छलफल गरेर नवौका बारेमा निर्णय हुने बताउनुभयो । उहाँले पोखरा रंगशालामा भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो । फुटबल स्टेडियम निर्माणको काम अन्तिम चरणमा पुगेको छ, अन्य पूर्वाधार तयारनै छन उहाँले भन्नुभयो । ‘भौतिक पूर्वाधारका कारण खेलकुद प्रतियोगिता नहुने अवस्था छैन । तर कोरोनाको कारणले अन्यौलता देखिएको छ ।’

हिल हिमालयका अध्यक्ष रोशन गुरुङले पोखराका विभिन्न ठाँउमा सरसफाई कार्यक्रम गरेको बताउनुभयो । लकडाउनको अवधिमा पोखराको फेवाताल, फेवा पावर हाउस, शान्ति स्तुप लगायत थुप्र ठाँउमा सरसफाई गरेको र अहिलेसम्म पोखराबाट ५० टन बढि फोहोर संकलन गरेको जानकारी दिनुभयो ।

आफनो मातृभुमी सफा गर्नुपर्छ भन्ने उद्देश्यले सरसफाई अभियान सुरु गरेको बताउनुभयो । पोखरा रंगशाला सरसफाईमा परिषद् सदस्य राजेश गुरुङ,शसस्त्र प्रहरीका डिआइजी केबी बर्मा, भलिबस संघका अध्यक्ष भीम पराजुली, क्षेत्रीय खेलकुद विकास समितिका उपनिर्देशक कृष्ण तिमिल्सिना, क्षेत्रीय खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष सुनिल गुरुङ लगायत विभिन्न खेल संघ सम्वन्धित संघका अध्यक्षहरु, खेलाडी र प्रशिक्षको सहभागीता रहेको थियो ।

यसैवीच कार्यक्रममा राखेप सदस्य राजेश गुरुङले हिल हिमालयले गरेको सरसफाई अभियानलाई प्रोत्साहन गर्न दश हजार पाँच सय र क्षेत्रीय खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष सुनिल गुरुङले पाँच हजार सहयोग गरेको बुल्समेन क्लबका अध्यक्ष नुना गुरुङले जानकारी दिनुभयो । हिल हिमालयले सरसफाईको क्षेत्रमा नमुना काम गरेको बताउदै उनीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...