दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत

हुम्ला, मङ्सिर २० गते । गए राती सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को थायामा बलेरो जीप दुर्घटना दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भईसकेको छ । जसमा सिमकोट गाउँपालिका वडा नम्बर २ का पारस बोहरा, सोही गाउँपालिका वडा नम्बर ७ का पर्व सुनार, नाम्खा गाउँपालिका वडा नम्बर १ का गुरु तामाङ्ग र ढुकी तामाङ्ग रहेका छन् । मृतकको शब पोस्टमार्टमका लागि घटनास्थलबाट ट्याक्टरमा जिल्ला अस्पतालमा पुर्याईएको छ ।


। कर्णाली करिडोरको सिमकोट हेक्पा खोला खण्डमा पर्ने उक्त कच्ची सडकमा जीप दुर्घटना हुदा चार जनाको घटना स्थलमै मृत्यु भएको हो । लु २ च २१०२ नम्बरको बोलेरो जीप सडकबाट करिब पाँच सय मिटर तल खस्दा चार जनाको मृत्यु तथा सात जना घाईते भएको घटना स्थलमा पुग्नु भएका सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन बिष्टले बताउनुभयो ।

मृतक लामाद्धय श्रीमान श्रीमती हुनुहुन्छ । त्यसै गरी दुर्घटनामा एक बालक सहित सात जना घाईते भएका छन् । घाईते हुनेमा गाडी चालक सम्राट भण्डारी, अजयकुमार बस्नेत, सम्झना शाही, कल्पना सिंह,बालक मिलन सिंह र कवि सिंह र झुमझुम लामा रहेका छन् । घाईते मध्य कल्पना सिंह र लामाको अबस्था गम्भीर भएको डाक्टर टसी याङ्जु लामाले बताउनुभयो ।

सिमकोट गाउँपालिकाको वडा नम्बर ६ को लाग्नामा होटेल ब्यबसाय गर्दै आएकी ढुकीका श्रीमान गुरु तामाङ्ग हेक्पा खोलामा बिरामी भएको खवर आएपछि श्रीमानलाई लिन सिमकोटमा रहेको बोलेरो जीप झिकाएर हेक्पा खोलाबाट सिमकोट ल्याउने क्रममा थाहामा दुर्घटना भएको हो । गाडी सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । बालुवा माटो भएको सडक निक्कै भासिएको घटना स्थल पुग्नु भएका सरोज रावतले बताउनुभयो । उद्धारका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, सेना , राष्ट्रिय अनुसन्धान, स्थानीय बासिन्दाहरु पैदल हिडेर एक घण्टामा घटना स्थल पुगेर उद्धा गर्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...