क्रिकेट खेलाडीलाई प्रशिक्षकद्धारा सामाग्री हस्तान्तरण

पोखरा, मंसिर २० गते । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीलाई पोखरा क्रिकेट एकेडेमीले खेलाडीलाई खेल सामाग्री प्रदान गरेको छ ।

दाङको लमहीमा आउँदो पुस ११ गते हुने प्रधानमन्त्री कप महिला क्रिकेटमा सहभागी हुनको लागि प्रशिक्षणमा रहेका कास्की जिल्ला महिला क्रिकेट समुहलाई सामाग्री प्रदान गरिएको हो ।

एक कार्यक्रमका बिच शनिबार पोखरा क्रिकेट एकेडेमीको तर्फबाट प्रशिक्षक तथा सञ्चालक जिम्मी गुरुङले खेलाडीको हौसला अभिबृद्दी तथा प्रोत्साहनका लागि सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...