पोखरामा तीन कोरोना संक्रमितको मृत्यु

पोखरा, मंसिर २० गते । पोखरामा शनिबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देक प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार फिस्टेल अस्पतालमा दुई जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।


पोखरास्थित फिस्टेल अस्पतालमा पोखरा महानगरपालिका १२ का ८० वर्षीय पुरुषको शनिबार मध्याह्न १२ः१५ बजे र पोखरा ११ की ७२ वर्षीया महिलाको शुक्रबार राति ८ः४५ बजे मृत्यु भएको डा. शर्माले जानकारी दिनुभयो । ८० वर्षीय पुरुषमा मंसिर १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने ७२ वर्षीय महिलामा मंसिर १८ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका १७ का ५७ वर्षीय पुरुषको शनिबार बिहान ४ बजे मृत्यु भएको डा. शर्माले बताउनुभयो । उहाँमा कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँ मधुमेहका बिरामी समेत हुनुहुन्थ्यो ।यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...