स्थानीय पुर्वाधार कार्यक्रम अन्र्तगत सांसद अधिकारीका ३० योजना

पोखरा, मंसिर २१ गते ।कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले आर्थिक बर्ष २०७७÷७८ को स्थानिय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत ३० वटा योजना सार्वजनीक गर्नुभएको छ ।

छनौट गरिएका योजनाहरु अधिकारीले आईतबार सार्वजनिक गर्नुभएको छ । अधिकारिले निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत प्राप्त हुने ४ करोड बराबरका ३० वटा योजना छनौट गरेको जानकारी दिनुभयो । सडक, समाज घर निर्माणमा बजेट विनियोजन गरिएको छ ।

कार्यक्रम अन्र्तगत रामकोट–सामदी सडकलाई ५२ लाख बिनियोजन गरिएको छ भने अन्य योजना ५ देखि ३० लाख सम्मका रहेका छन् । उहाँले स्थानीय तहले छनोट गरेका योजनालाई स्वीकृत गरेको बताउनुभयो । सांसदको काम बजेट बाडदै हिडने काम हैन् उहाँले भन्नुभयो, ‘बजेट बाँडने काममा म छैन् । स्थानीय तहबाट आएका योजनालाई स्वीकृत गरेको छु । तर बजेट दुरुपयोग हुन दिन्न ।’


उहाँल क्षेत्र नम्वर १ अन्र्तगत पर्ने पोखरा महानगरपालिका, रुपाँ गाँउपालिका र मादी गाँउपालिकामा योजना छनोट गर्नुभएको छ । रुपामा ८ देखि ५२ लाख सम्मका ६ योजना छनोट गर्नुभएको छ । रुपमा १ करोड २० लाख रुपैयाँका ६ योजना छन् । मादीमा १ करोड २५ लाखका ९ योजना परेका छन् । पोखरामा महानगरपालिकामा १ करोड ५५ लाखका १५ योजना परेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...