नेकपा सचिवालय असक्षम ः पूर्वमन्त्री अधिकारी

पोखरा, मंसिर २१ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सह–इन्चार्ज एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले पार्टी एकताको बिकल्प नभएको बताउनुभएको छ ।

कास्की निर्वाचन क्षेत्र नम्बर १ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘पार्टी एकता धेरै दुःखले भएको हो । पार्टीमा गुटगत भेला भएकै छन् तर अन्तिम बिकल्प एकता बाहेक छैन् ।’

शनिबार बसेको सचिवालय बैठकले दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटि र केन्द्रीय कमिटिमा छलफल गर्ने निर्णय गरको प्रति उहाँले टिप्पणी गदै सचिवालय असक्षम भएको आरोप लगाउनुभयो । ‘सचिवाल असक्षम भयो । स्थायी कमिटि र केन्द्रीय कमिटि असक्षम हुन दिदैनौँ ।’ उहाँले टाउको फोराफोर गरेपनि नेकपा एकता जोगिनुपर्ने एकता बाहेक अरु नभएको बताउनुभयो ।

अधिकारीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत २०७७÷७८ का लागि ३० योजना छनोट गर्नुभएको छ । सडक, समाज घर निर्माणमा बजेट विनियोजन गरिएको छ । कार्यक्रम अन्र्तगत रामकोट–सामदी सडकलाई ५२ लाख बिनियोजन गरिएको छ भने अन्य योजना ५ देखि ३० लाख सम्मका रहेका छन् ।

 

उहाँले स्थानीय तहले छनोट गरेका योजनालाई स्वीकृत गरेको बताउनुभयो । सांसदको काम बजेट बाडदै हिडने काम हैन् उहाँले भन्नुभयो, ‘बजेट बाँडने काममा म छैन् । स्थानीय तहबाट आएका योजनालाई स्वीकृत गरेको छु । तर बजेट दुरुपयोग हुन दिन्न ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...