जस्तोसुकै अप्ठ्यारो अवस्थामा पनि ऊर्जा उपलब्धता

काठमाडौँ, मङ्सिर २२ गते । पर्याप्त विद्युत् उत्पादन गर्ने र त्यसको गुणस्तरीय प्रसारण तथा वितरण गरेर जस्तोसुकै अप्ठ्यारो अवस्थामा पनि ऊर्जा उपलब्धता सुनिश्चित गराउने गरी सरकारले काम गरिरहेको जनाइएको छ । पछिल्लो समय यो क्षेत्रको पूर्वाधार विस्तारमा सन्तोषजनक प्रगति हासिल हुँदै गएको र त्यसको परिणामस्वरूप पेट्रोलियम आयात ठप्प भइहाले पनि ऊर्जा सङ्कट नहुने गरी सरकारको कदम अघि बढिरहेको दाबी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गर्नुभएको हो ।


२०७२ सालको भूकम्प र त्यसपछिको नाकाबन्दीका समयमा डिजेल÷पेट्र«ोलको आयात ठप्प हुँदा नेपालीले सास्ती बेहोर्नुपरेको थियो तर मन्त्री पुनले अबका दिनमा पर्याप्त विद्युत् उत्पादन र वितरण हुने भएकाले पेट्र«ोलियम पदार्थको आयात रोकिए पनि फरक नपर्ने बताउनुभएको हो ।

विद्युत् प्रसारण लाइन निर्माणमा भएको समस्याबारे छलफल गर्न मन्त्रालय पुुगेका धादिङका जनप्रतिनिधि तथा स्थानीयसँगको छलफलमा सरकारले ऊर्जामा आत्मनिर्भरताका लागि नीति, कार्यक्रम र रणनीति बनाएरै काम गरिरहेकाले ऊर्जामा आत्मनिर्भर र सुनिश्चित हुने अवस्था आउने बताउनुभएको हो । १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, त्यसमध्ये १० हजार मेगावाट स्वदेशमै खपत गराउने र पाँच हजार मेगावाट निर्यात गर्ने लक्ष्य सरकारको छ । अहिले जडित क्षमता एक हजार तीन सय मेगावाट छ भने यो वर्ष नै त्यो क्षमता दोब्बर हुने अपेक्षा सरकारको छ ।
छलफलमा मन्त्री पुनले भन्नुभयो, “विगतमा जस्तो डिजेल, पेट्र«ोलियमको आयात नहुँदा देशै ठप्प हुने अवस्था अब धेरै समय रहँदैन । वर्तमान सरकार बनेपछि नेपालले भारत, चीन र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गरेको छ । ”

पूर्वाधार विकास संवेदनशील विषय रहेको भन्दै मन्त्री पुनले सरकारको प्रयासमा स्थानीयवासी तथा जनप्रतिनिधिले पनि बलियो साथ दिनुपर्ने धारणा राख्नुभएको थियो । आयोजना पनि बन्ने, मर्कामा परेकाहरूलाई मुआब्जा, पुनस्र्थापना तथा सेयर स्वामित्व दिने जस्ता मल्हमपट्टी पनि हुनेगरी काम हुन्छ, उहाँले भन्नुभयो, “विद्युत् आयोजना सरकारको उच्च प्राथमिकताको आयोजना हो, यसमा कुनै कारणले अवरोध हुनुहुँदैन । ”

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...