नागढुङ्गा विकास समाजको अध्यक्षमा सुवेदी

पोखरा, मंसिर २२ गते ।पोखरा ८ स्थित नागढुङ्गा विकास समाजको दशौं साधारणसभा तथा चौथो अधिवेशन सुरक्षाका मापदण्ड पालना गरी सम्पन्न भएको छ । अधिवेशनले डम्मरराज सुवेदीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा नन्दप्रसाद बराल, सचिवमा गुरुप्रसाद लामिछाने, कोषाध्यक्षमा कृष्ण दाहाल र सहसचिवमा केशवराज ढकाललाई निर्वाचित गरेको छ । यसैगरी सदस्यहरुमा आशा जिसी, गंगादेवी ढकाल, रिना थापा र दुर्गा गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।यसअघि समाजका संस्थापक अध्यक्ष एकनारायण ढकाल, सल्लाहकार भीमनाथ बराल तथा तुलसी रिजाल सम्मिलित ३ सदस्यीय निर्वाचन समिति गठन भएको थियो ।

पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनमा मन्तव्य राख्दै प्रमुख अतिथि बरालले नागढुङ्गा विकास समाजको कार्यबाट आफू अत्यन्तै प्रभावित भएको र समाजले गरेका हरेक कामहरु महानगरस्थित संघ संस्थाका लागि अनुकरणीय भएको बताउनुभयो । राजनीतिक आस्थालाई सामाजिक क्षेत्रबाट अलग राखेर समाज सुधारको क्षेत्रमा इमान्दारीपूर्वक लागेकाले यो उपलब्धी सम्भव भएको र समाजका आगामी कार्यक्रममा वडाले यथासक्य सहयोग गर्ने आश्वासन समेत दिनुभयो ।कार्यक्रममा संस्थापक अध्यक्ष एकनारायण ढकाल, नन्दप्रसाद बराल तथा दीपकराज घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको थियोउ ।समाजका अध्यक्ष डम्मरराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गीता पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव अपिला बरालले गर्नुभएको थियो ।

 

अधिवेशनले कोषाध्यक्ष श्याम बहादुर श्रेष्ठद्वारा प्रस्तुत करिब ९ लाख रुपैयाँको आयव्यय विवरण तथा सचिव अपिला बरालद्वारा प्रस्तुत समाजका गतिविधि र आगामी वर्षका लागि प्रस्तावित कार्यक्रम सहितको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । कार्यक्रममा स्थानीय बेलकुमारी महत र लक्ष्मी परियारलाई समाजको नयाँ सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको थयिो ।

 

नवनिर्वाचित कार्यसमितिको सपथ पछि बोल्दै अध्यक्ष सुवेदीले समाजसेवाको काम अत्यन्तै कठिन हुने र यसमा सम्पूर्ण सदस्यहरुको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दै आफूलाई पुनः अध्यक्षमा निर्वाचित गर्नुभएकामा समाज सम्बद्ध सदस्यहरुलाई धन्यवाद दिनुभउको थियो । साथै वहाँले सिसि क्यामेराको प्रभावकारी संचालन, कौशीखेती प्रवद्र्धन तथा समाज सुधारका लागि दत्तचित्त भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

 

स्मरणीय छ, २०६८ सालमा स्थापित नागढुङ्गा विकास समाजको कार्यालय पोखरा ८ , नागढुङ्गामा रहेको छ । यस संस्थामा हाल १२५ जना आजीवन सदस्यहरु आवद्ध भने समाजले समाज सुधारका विविध कार्य लगायत सफा, सभ्य र उज्यालो वस्ती निर्माण गर्ने प्रतिवद्धता सहित सडक मर्मत, सडकबत्ती व्यवस्थापन, कौशीखेती प्रवद्र्धन, सरसफाई, समाजको विस्तृत विवरण सहितको दर्पण प्रकाशन तथा टोलवस्तीको शान्ति सुरक्षालाई ध्यानमा राखी २२ वटा सिसि क्यामेरा जडान गरी आफ्नो टोललाई नमुना टोलको रुपमा प्रस्तुत गर्ने जस्ता उदाहरणीय कार्य गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...