भैसी पालनबाट मनग्य आम्दानी गदै पोखरा ३३ का कार्की परिवार

३५ लाख लगानी, दुध बेचेर बार्षिका १२ लाख नाफा

एकराज गिरी
पोखरा, मंसिर २२ गते । कामको खोजिमा दैनिक १५ सय नेपाली विदेश भास्सिने गरेको तथ्याङ्कले देखाउँछ । स्वदेशमा भन्दा बढि पैसा कमाउने आशामा विशेष गरी खाडी मुलुकहरुमा जाने गरेका छन् । पछिल्लो समय गाउँको खोरिया बचेर कोरिया जाने लाइनमा बस्नेहरु त्यत्तिकै छन् ।तर, समयको चक्रसँगै विदेशीनेहरुको सोचमा पनि विस्तारै परिर्वतन आउन थालेको छ ।

विदेश नै ताक्ने गरेकाहरु अहिले आफ्नो भविश्य स्वेदशमै खोज्न थालेका छन् । विदेश गएर फर्केकाहरु पनि पूनः नजाने गरी विभिन्न पेशा व्यवसामा सम्लग्न्न भएका छन् । कतिले विदेशमा सिकेको सिपलाई स्वदेशमा उपयोग गरी राम्रो आम्दानीको स्रोत समेत बनाएका छन् । पछिल्लो समय विदेशबाट फर्केकाहरुको आकर्षण पशुपालन र कृषिमा देखिएको छ । विदेश गएर फर्केका, विदेश जान भनि लाखौ डुबाएका र कलेजमा अध्ययन गर्दा गदैै पनि कृषि पेशा अंगाल्ने युवाको संख्यामा ह्वात्तै बृद्धि भएको छ ।


विदेशबाट फर्केर पशुपालनमा लागेकाहरुको एकिन तथ्याङ्क छैन् । तर धेरैल आफ्नो भविश्य खोज्दै छन् । पशुपालमा लागेकाहरुका अनुसार विदेशमा गर्ने महेनले स्वदेश गरे मासिक लाख भन्दा कमाउन सकिन्छ । आफ्नै परिवारसँग बसेर यही नै राम्रो आम्दानी हुनेभएपछि यसप्रति युवाहरुको आकर्षण बढेको हो । मेहनत र परिश्रम गरे आर्थिक रुपमा सबल देश जापान, अमेरिका र बेलायतको जत्ती कै आम्दानी स्वदेशमै गर्ने सकिने उदाहरण पोखरा महानगरपालिका ३३ का तल्लो पुडिटाकार खेमबहादुर कार्कीका बाबु छोराले उदाहरण प्रस्तुत गर्नुभएको छ । उहाँलेहरुले भैसी पालनग गरेर बार्षिका १२ लाख रुपैयाँ नाफा कमाउनु भएको छ । दुध बेचेर बार्षिक १६ लाख रुपैयाँ आम्दानी हुने गरेको किसान कार्कीले बताउनुभयो ।

बार्षिक १६ लाखका कारोबार हुन्छ उहाँले भन्नुभयो,‘सबै खर्च घटाएर १२ लाख रुपैयाँ बचत हुन्छ ।’ उहाँले अहिले १२ वटा भैसी पाल्नुभएको छ । दैनिक ११० लिटर दुध बिक्री गर्ने गरेको कार्कीले गोरखापत्रसंग बताउनुभयो । आफनै भैसीको दैनिक ११० लिटर दुध बिक्री गछौ उहाँले भन्नुभयो,‘हाम्रो आफनै डेरी छ । त्यसैले अरुको दुधपनि खरिद गरेर बेच्छौ ।’ उहाँहरुले पाडापाडी समेत हुकाएर बेच्ने गर्नुभएको छ । अहिले १२ वटा पाडापाडी र दुई वटा गाई समेत रहेको कार्कीले बताउनुभयो । भैसैलाई चाहिने घाँसका लागि ३० रोपनीमा घाँस खेती गर्नुभएको छ । दश रोपनीमा भैसी पालन गर्नुृभएको छ ।

परिवारका अवाश्यकता पुरा गर्न बाबु छोरा विदेश उड्नुभयो । राम्रो कमाउने, परिवारका आश्यकता पुरा गर्ने र मिठो खाने सपना बुनेर बाबु खेमबहादुरले ११ वर्ष र छोरा बिनोद कार्कीले सात वर्ष मलेसियामा बिताउनुभयो । तर विदेशमा पैशा कमाउन सोचे जस्तो सजिलो छैन् । त्यसैले आफनै देश फर्कनुभयो र भैसी पालन व्यवसाय थाल्नुभयो । खेमबहादुले श्रीमति रमाको नाममा रमा कार्की कृषि फर्म दर्ता गरेर भैसी पालन व्यवसाय सुरु गरेको साँढे दुई वर्ष वितेको छ ।

 

अहिले उहाँहरु भैसी पालन ब्यवासयबाट सन्तुष्ट हुनुहुन्छ । असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन रमाले भन्नुभयो,‘दुःख गरे अनुसारको फल पाएकै छौ । किन असन्तुष्ट हुनु ।’ उहाँहरुले भैसी पालनका लागि ग्रिन डेभलेपमन्ट बैंकबाट ३५ लाख ऋण लिनुभएको छ । १२ प्रतिशतमा ऋण लिएको भएपनि ५ प्रतिशत बैंकले सहुलियत दिने गरेको खेमबहादुरले बताउनुभयो । उहाँहरुको छ जनाको परिवार सबै त्यही ब्यस्त हुनुहुन्छ भने एक जनालाई रोजगारी दिनुभएको छ । उहाँहरुलाई पोखरा ३३ पुडिटारमा रहेको साना किसान सहकारीले उत्कृष्ट किसान घोषणा गदै १ लाख नगद सहित सम्मान ग¥यो तर सरकारी अनुदान भने अहिलेसम्म पाउनु भएको छैन् ।‘ हामीले सरकारी सहयोग अहिलेसम्म पाएका छैनौ’ रमाले भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...