एकहजार १४ सङ्क्रमित थपिए

काठमाडौं, मङ्सिर २२ गते । नेपालमा केही दिनदेखि सङ्क्रमित निको हुने दर बढेकाे छ । काेराेना भाइरसबाट ९३.९८ प्रतिशत निकाे भएका छन् । पछिल्लाे चाैबीस चौबीस घण्टामा एक हजार ६२८ जना सङ्क्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित निको भएकाे जनाएका हुन् ।हालसम्म दुई लाख २७ हजार ४२२ जना सङ्क्रमित निको भइसकेका छन् ।

 

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार १४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४१ हजार ९९५ पुगेको छ ।

 

हाल १२ हजार ९४८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार मन्त्रालयले हाल ५२७ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

 

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...