कोरोना संक्रमणबाट गण्डकीमा एक जनाको मृत्यु, ८८ नयाँ संक्रमित थपिए

पोखरा, मंसिर २२ गते । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार पर्वत जिल्ला फलेवास नगरपालिका ३८ बर्षीय पुरुषको मृत्यु भएको हो ।

आइतबार मध्यराती मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक पुरुषमा मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १७१ पुगेको छ । त्यस्तै गण्डकी प्रदेशमा सोमबार ८८ नयाँ संक्रमित थपिएका छन् । थपिएका मध्य ५३ जना पोखरा महानगरपालिका रहेका छन् । त्यस्तै नवलपरासी पूर्वका १५ जना, स्याङजाका ३ जना, तनहुँका ८ जना, लमजुङका ७ जना, गोरखाका २ जना र पर्वतका १ जनारहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...