सोच परिर्वतन नभएसम्म हिंसा अन्त्य हुदैन् ः मन्त्री नरदेबी पुन

पोखरा, मंसिर २२ गते । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेबी पुनले लैंगिक हिंसा अन्त्यका नाममा पैशा खर्च गरेर मात्रै नहुने बताउनुभएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको आयोजना र आइपास नेपालको प्राविधिक सहयोगमा  सोमबार पोखरा महागनरपालिको १३ मा  मुस्लिम समुदायका महिलाहरुसंग गरेको प्रजनन् स्वास्थ्यमा सुरक्षित गर्भपतन सेवा र अधिकार सम्वन्धि अन्र्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,‘ पितृसतात्मक सोचका कारण महिला हिंसामा परेका छन् । त्यसैले राज्यले खर्च गरेर मात्रै हुदैन् । सबैले बानी, व्यवहारसंगै सोचमा परिर्वतन गर्नुपर्छ ।’

महिलाहरु शैक्षिक र आर्थिक रुपमा सक्षम नभएसम्म लैंगिक हिंसामा पर्ने बताउदै भन्नुभयो, ‘महिला सृष्टिकता हुन् त्यसैले महिना विना सृष्टिको कल्पना सम्भव छैन् ।त्यसैले महिलामाथि हुने विभेद र हिंसा अन्त्य गर्नुपर्छ ।’ बच्चा जन्माउदाँ बाबुको भन्दा आमाको सहभागीता बढि हुने बताउदै मन्त्री पुनले विभेद अन्त्यका लागि आमाहरु जुरमुराउनुपर्नेमा जोड दिनुभयो । आर्थिक रुपमा सवल नहुदाँ जसले पैशा दिन्छ उसैका दास हुनुपर्छ । त्यसैले महिलाहरुले आर्यआर्जन गर्नुपर्छ भन्नुभयो ।

‘समानताका लागि आमाहरु नजाग्दासम्म समानता र प्रगतिको कामना गर्न सकिदैन् ।’ उहाँले महिलाहरु धार्मिक, सांस्कृतिक र सामाजिक रुपले हिंसाको सिकार हुने गरेको बताउदै भन्नुभयो,‘समाजमा विभेद जातीयताका आधारमा फरक फरक छ । त्यसै धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा रहेका कुसंस्कारहरुलाई परिर्वतन पर्नुपर्छ ।’ मन्त्री पुनले चेतनाको दियो नबाल्दासम्म हिंसा अन्त्य नहुने बताउदै उहाँले गण्डकी सरकारले हिंसा, बालबिवाह, सामाजिक कुसंस्कार अन्त्यमा प्रतिफल आउने गरी कार्यक्रम गर्ने योजना सहित बजेट विनियोजन गरेको बताउनुभयो ।

गण्डकी प्रदेस सांसद मिना गुरुङले धर्मपरम्परामा भएका कुसंस्कार न्यूनिकरण गदै अधिकारका र समानताको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । हाम्रा धर्म संस्कारहरुका कारण महिलाहरु अधिकारबाट बञ्चित भएको बताउनुभयो । मुस्लिम अगुवा हनिफ मियाँले मुस्लिम समुदायले महिलालाई सम्मान गरेको बताउनुभयो । महिलालाई संरक्षण गर्ने बिषयमा विश्वले मुस्लिम समुदायबाट सिक्नुपर्ने बताउदै भन्नुभयो, ‘महिलालाई बुर्काले संरक्षण गरेको हो । यसले हिंसाकम हुन्छ ।’
कार्यक्रममा पोखरा १३ का वडा सदस्य कृष्णकुमारी गुरुङले हिसा घरबाटै सुरु हुने बताउनुभयो । आफना अग्रजहरुबाट गरिने विभेद पुस्ता हस्तान्तरण हुदै जादाँ त्यसले परम्परा कायम गरेको बताउनुभयो ।

 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले महिला हिंसा अन्त्यका लागि सबैको साझा पहल आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारी कार्यक्रमहरु तल्लो तहका महिलासंग भन्दा पनि सहरीया महिलाहरुका बीचमा मात्रै केन्द्रीत हुने गरेको भन्दै दुरदराजका महिलाको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मुस्लिम धार्मिक क्षेत्र संरक्षण समितिका सचिव आसिक इलाहीले मुस्लिम समुदाय राज्यबाटै विभेदमा परेको बताउनुभयो ।

 

सरकारी कार्यालयहरुमा जादाँ कहाँबाट आउनुभयो भनेर हामीमाथि हिंसा भैरहेको छ उहाँले भन्नुभयो, ‘पाँच सय वर्ष बढि भयो पोखरामा बसेको तर हाम्रो कुनै दस्तावेज सरकारी कार्यालयहरुमा छैन् । यो विभेद हो ।’ महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारा थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालका सचिव विना पुन मगर,सञ्जालका सदस्य नाजमीनिनसा खान, लगायतले लैंगिक हिंसा र महिलाको प्रजनन् अधिकार बारे आआफनो भनाई राखेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...