समन्वय समिति कास्कीका प्रमुख क्षेत्रीको नेतृत्वमा निर्माणाधिन पुल अनुगमन

पोखरा, मंसिर २२ गते । सरकारी बजेटबाट निर्माण हुने आयोजनाको गुणस्त नहुने, समयमै नसकिने गुनासा नागरिकहरु गदै आएका छन् । नागरिकका गुनासालाई सम्वोधन गदै निर्माण कम्पनीलार्ई जिम्मेवार बनाउदै गुणस्तरीय र समयमै काम सम्पन्न गराउने कार्यमा जिल्ला समन्वय समितिका कास्कीले अनुगमनलाई तिव्र बनाएको छ ।

संघीय सरकार मार्फत भैरहेका विकास आयोजनाको समितिले अनुगमन गरेको छ । अनुगमनकै क्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीको नेतृत्वमा सोमबार माछापुच्छ्रे गाउँपालिकामा निर्माण भैरहेका पुलको अनुगमन गरिएको छ ।

माछापुच्छेका तारेखोला, पाउडी खोला र ईदिखोलामा निर्माणाधिन मोटेरवल पक्की पुलको स्थलगत अनुगमन गरेको प्रमुख क्षेत्रीले जानकारी दिनुभयो । अनुगमनका क्रममा सवन्धित निर्माण ब्यवसायी र प्राबिधिकहरुलाई समय सिमा भित्रै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्देशनात्मक दिएको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...