पोखरा मुग्लिन सडक पाँच वर्षमा ४ लेनको बन्ने

पोखरा, मंसिर २३ गते । मुग्लिन पाखरा सडक स्तरोन्नति अन्र्तगत आँबुखैरेनीटारदेखि दमौलीसम्मको कामको ठेक्का चिनियाँ कम्पनीले पाउने भएको छ । करिब ४१ किलोमिटर सडकको जिम्मा चीनको चाइना कम्यूनिकेसन कन्स्टक्सन कम्पनीलाई दिन लागिएको हो ।

छनोटमा परेका अन्तिम १० कम्पनी मध्ये सबैभन्दा थोरै रकम कबोल गरेको चाइना कम्यूनिकेसनसंग ठक्का सम्झौताका लागि एडिबिमा प्रस्ताव गरिएको उपआयोजना निर्देशक राकेश महर्जनले जानकारी दिनुभयो । कम्पनीको विवरण एशियाली विकास बैंकमा पठाइएको छ । उहाँले भन्नुभयो, हामीले छानेको कन्ट्याक्टरको नो अब्जेक्सनका लागि पठाएकोमा एडिविले पास गरेपछि आशयको सुचना निकालेको हो यसको अवधि एक साता हुन्छ । त्यतिबलासम्म कसैको अवरोध नभए ठेक्का सम्झौताका लागि कम्पनीलाई बोलाउछौँ ।

 

कम्पनीले ६ अर्ब २१ करोड रुपैयाँमा बोलकवोल गरेको छ । दमौलीलदेखि पोखरासम्मको खण्डमा पनि कम्पनीको छनोट भैसकेको महर्जनले बताउनुभयो । ४२ कलिोमिटर रहेको छ । तीन वटा प्याकेजमा स्तरोन्नती गर्न लागिएको छ । मुग्लिनदेखि दमौलिसम्म ४१ किलोमिटर र दमौलिदेखि पोखरासम्म अर्को ४२ किलोमिटर सडकको प्याकेज छुट्याइएको छ । आँबुखैरेनीदेखि पोखरासम्म डीपीआर तयार भएपनि मुग्लिनदेखि आँबुखैरेनीसम्मको खण्डमा अध्ययनकै काम बाँकी रहेको आजको आर्दशमाज दैनिकले समाचार छापेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...