बेलायतमा कोरोनाको पहिलो खोप लगाइयो

काठमाडौं, मङ्सिर २३ गते । बेलायतमा आम मानिसलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम अन्तगर्त पहिलो डोज लगाइएको छ ।


एक ९० वर्षीया महिलामा सो खोप लगाएर उक्त कार्यक्रम थालनी गरिएको हो ।मारर्गरेट कीनान नामकी ति महिलाको अर्को हप्ता जन्म दिन भएको र उहाँले आफ्नो जन्मदिनको पहिलो उपहारका रुपमा खोप आएको बताउनुभयो ।

फाइजर वायो टेकले विकास गरेको कोरोना विरुध्दको सो खोप पहिलो चरणमा आठलाख डोज सर्वसाधारणलाई लगाउने कार्यक्रम रहेकाे बीबीसीले जनाएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...