ब्लड बैकमा रगत अभाव, दुधपोखरी सहकारीमा ३६ जनाले गरे रक्तदान

पोखरा, मंसिर २३ गते । नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र गण्डकीमा रक्त अभावको अवस्थामा पोखरा १२ शितलादेवीस्थित दुधपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेकाछन्।

दुधपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं स्थापना दिवसमा वससरमा दुधपोखरी साकोस, चिउली पाचे तमु समाज आमा समिति र ताङतिङ दुधपोखरी तमु समाज महिला उपसमितिद्वारा मंगलवार बिहान रक्तदान जीवनदान नाराका साथ संयुक्त आयोजित कार्यक्रममा रक्तदाताहरु रक्तदान गरेका हुन।

कार्यक्रमका प्रमुख अतिथि डा.श्रुति गुरुङले दुधपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शिक्षा उपसमितिका सदस्य बालकुमारी गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको थियो।

संस्थागत सामाजिक उत्तरदायित्व महसुुस गरी माननीय सेवाका लागि तिन संस्थाद्वारा संयुक्त रुपमा आयोजित रक्तदानको कार्यक्रमको दुधपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हितमान गुरुङ र सञ्चालन सचिव कौशिला गुरुङले गर्नुभएको थियो।

दुधपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शिक्षा उसमिति संयोजक समाजसेवी एवम गायक खिमकुमार गुरुङको संयोजकत्वमा सम्पन्न रक्तदान कार्यक्रममा रक्त संचार सेवा केन्द्र गण्डकीका प्रमुख अर्जुन ज्ञवालीसहितको प्राविधीकहरुको सहयोग रहेको थियो।

यसरी विच प्रमुख ज्ञवालीले ब्लड रक्त अभाव भएकाले संघसंस्थालाई रक्तदान आयोजना गरिदिन र दाताहरुलाई रक्तदान गरिदिन आग्रह गर्नुभयो। रगतको अभावले बिरामीहरुको उपचारमा समेत समस्या पर्न सक्ने अवस्था रहेकाले मानवसेवा, समाजसेवामा जुट्नु भएका अगुवाहरुलाई ज्ञवालीले विशेष अनुरोध गर्नुभएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...