संघमा हुने राजनीतिले क्रिकेट खेल प्रभावित ः राखेप सदस्य श्रेष्ठ

पोखरा, मंसिर २३ गते । पोखरा रंगशालामा नौ महिनापछि खेलकुद गतिविधि सुरु भएका छन् । रंगशालाभित्र रहेको क्रिकेट मैदानमा नौ महिनापछि प्रतियोगिता सञ्चालन भएको छ । कास्की जिल्ला क्रिकेट संघले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट अन्र्तगत क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोना गरेको हो । प्रतियोगिताको मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले उद्घाटन गर्नुभयो ।

उहाँले कोरोनाले बन्द खेल गतिविधि सुरु भएको बताउदै त्यसले खेलकुदमा उत्साह ल्याएको बताउनुभयो । उहाँले क्रिकेटले नेपाली खेलकुदको शान उच्च बनाएको बताउदै क्रिकेट संघभित्र हुने राजनीति र झगडाका कारण सोचे जस्तो सफलता प्राप्त गर्न नसकेको बताउनुभयो । क्रिकेट संघमा हुने विवादले प्रभावित बनेको बताउदै यहाँभित्र हुने राजनीति बन्द गरेर खेल र खेलाडीको हितमा काम गर्नुपर्नेामा जोड दिनुभयो ।

 

क्रिकेट संघका केन्द्रीय सदस्य ऋषि गौतमले कोरोनाले बन्द खेलकुदलाई गति दिने प्रयास सुरु भएको बताउदै क्रिकेट खेलको बिकासमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले खेलाडीले अनुशासन र खेलमा ध्यान दिएर कास्की र गण्डकी प्रदेशको इज्जत बढाउनुपर्नेमा जोड दिनुभयो ।

खेलकु पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले नौ महिनापछि खेलकुद गतिविधि सुरुवात हुनु सुखद भएको बताउदै जिल्ला, प्रदेश र राष्ट्रियस्तरमा उत्कृष्ट खेल प्रर्दशन गर्न खेलाडीलाई आग्रह गर्नुभयो । प्रतियोगिता संयोजक चन्द्रबहादुर गुरुङ(जिम्मी)ले क्रिकेट खेलमा खेलाडीको भविष्य राम्रो रहेको बताउदै अनुशासित भएर खेल्न आग्रह गर्नुभयो ।

 

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले काठमाडौ र दाङमा आयोजना हुने पुरुष र महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि खेलाडी छनोट समेत यही प्रतियोगिताबाट जिल्ला छनोट गरिने र त्यसपछि प्रदेशस्तरमा गरिने जानकारी दिनुभयो ।मंगलबारदेखि छनोट प्रतियोगिता छ क्लबले सहभागिता जनाएका छन् ।

 

माछापुच्छ्रे क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब, अरण्यज्योति क्रिकेट क्लब, संग्रिला क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र राईजिंग पोखरा क्रिकेट क्लब रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...