छनोट प्रतियोगिताको उदघाटन खेलमा माछापुच्छ«े क्रिकेट क्लब बिजयी

पोखरा, मंसिर २३ गते । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता शुरु भएको छ । पहिलो दिन मंगलबार भएको उदघाटन खेलमा माछापुच्छ«े क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई १४ रनले पराजित गरेको छ ।

टस हारेर व्याटिंगमा उत्रिएको माछापुच्छ«े क्रिकेट क्लबले कप्तान दिपेश खत्रीको शतकीय पारीमा ६ विकेटको क्षतिमा ५० ओभर पुरा खेल्दै २७१ रनको विशाल योगफल तयार पार्यो । खत्रीले १३३ रनको उत्कृष्ट इनिंग खेल्ने क्रममा १३५ बल खेल्दै ११ चौका र ७ छक्का हिर्काए । मनोज कोईरालालाई ५ रनमै गुमाएको माछापुच्छ«े क्रिकेटको लागि दोस्रो विकेटको लागि क्रिजमा छिरेका अभिषेक थापाले खत्रीसँग उत्कृष्ट साझेदारी निभाए ।

दोस्रो विकेटको लागि खत्री र थापाले २१५ रनको साझेदारी गरे । थापाले ९४ रनमा अविजित रहे । शतकको संघारमा पुगेपछि उनले पुरा गर्न भने सकेनन् । उनले १२७ बल खेले । ७ चौका र २ छक्का उनको स्कोरमा चढ्यो । पोखरा क्रिकेट क्लबका देव साहले ३ विकेट लिए ।

 

२७२ रनको लक्ष्य पाएको पोखरा क्रिकेट क्लब भने २५७ रनमा समेटियो । साहिल कार्कीले शतकीय पारी खेल्दै जितको आशा जगाएपछि जित नजिक पुगेर झिनो रनअन्तरले पराजित हुन पुग्यो । कार्कीले मध्यक्रमको व्याटिंग सम्हाल्ने क्रममा १२७ बल खेल्दै १०१ रनको पारी खेले । उनले १३ चौका हिर्काए ।

 

सुवास भण्डारी, गोविन्द प्रधान र प्रमोद बास्तोलाले क्रमश २६ रन जोडे । पोखरा क्रिकेट क्लबले पाँचौ विकेटको लागि ५८ रनको साझेदारी निभाए । जुन सबैभन्दा उत्कृष्ठ साझेदारीको रुपमा रह्यो । पोखरा क्रिकेट क्लबका बलर अमृत गुरुङले ५८ रन खर्चिएर ४ विकेट लिए । कप्तान दिपेश खत्रीले पनि २ विकेट आफनो नाममा राखे । बुधबारको प्रतिस्पर्धा सांग्रिला क्रिकेट क्लबले कास्की क्रिकेट क्लबलसँग खेल्ने छ ।

छनोट प्रतियोगिताको उदघाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठ गरेका थिए । संघका अध्यक्ष सन्जयकान्त सिग्देलको अध्यक्षतामा भएको उदघाटन समारोहमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम , खेलकुद पत्रकार मन्च गण्डकीका अध्यक्ष एकराज गिरी, संघका सचिव दिपेन्द्रप्रताप चन्द र कोषाध्यक्ष चन्द्रकुमार गुरुङ लगायतले बोलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...