प्रदर्शनको तयारीमा जुट्न भातृ तथा शुभेच्छुक संस्थालाई काँग्रेसको निर्देशन

पोखरा, मंसिर २४ गते । नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनलाई प्रभावकारी बनाउन मङ्गलबार भातृ तथा शुभेच्छुक संस्थासँग बैंठक तथा छलफल गरेको छ ।पार्टीको मंशिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत कास्की काँग्रेसले पनि तयारी शुरु गर्दै बैंठक तथा छलफल गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । बैठकमा भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख तथा पदाधिकारी सहभागी थिए ।


बैठकमा कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनलाई भव्य बनाउनका लागि तयारीमा जुट्न निर्देशन दिए । नेपाली काँग्रेस कास्कीका पदाधिकारी, क्षेत्रीय सभापति, पोखरा नगर पदाधिकारी, प्रदेश सभापति र गाउँपालिका सभापतिको आइतबार बसेको संयुक्त बैठकले प्रदर्शनको तयारीमा जुट्ने निर्णय गरेको थियो।

पोखराको वीपी चोकबाट शुरु हुने प्रदर्शन महेन्द्रपुल, नयाँ बजार हुँदै पृथ्वीचोक पुगेर कोणसभामा परीणत हुने प्रवत्ता सिग्देलले बताए । काँग्रेसले सरकारको अधिनायकवादी चिन्तन, व्यवहार, बेथिति र बढ्दो भ्रष्टाचार विरुद्व ७७ जिल्लामा नै प्रदर्शन गर्दै छ । कास्की काँग्रेसले प्रदर्शनमा सहभागी हुने पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीलाई आव्हान गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...