मर्गौला पिडित खनाललाई वचाउन परिवारको अपिल

पोखरा, मंसिर २४ गते । स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं. १०, मदीखोला निवासी मिर्गौला पिडित युद्धप्रसाद खनाल (गोविन्द) का परिवारले उनलाई वचाउन अपिल गरेका छन् ।

सवारी चालकको पेशा गर्दै आएका खनालको दुबै मृगौलामा समस्या आई विभिन्न अस्पतालहरुमा उपचार गर्दा लाखौं खर्च भइसकेको छ । ४७ वर्षिय विरामी खनालका श्रीमती, १ छोरा र १ छोरी रहेका छन्।

 

चितवनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेकोमा हाल भरतपुर अस्पतालमा भर्ना भएका खनाललाई डाक्टरहरुले मिर्गौला प्रत्यारोपण गर्ने सल्लाह दिएका छन् । मिगौला प्रत्यारोपण गर्दा २५÷३० लाख खर्च लाग्ने तर आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले जिवन रक्षाको लागि सहयोगको लागि अपिल गरेका हुन् ।

 

विरामीलाई सहयोग गर्न इच्छुक जोकोहीले नवलपरासीको दलदलेमा रहेको ग्लोबल आइएमइ बैंकको दलदले शाखाको खाता नं. एम १०७०१०००७११९ मा सिधै रकम जम्मा गर्न सक्नु हुनेछ भने विरामी स्वयम्लाई सहयोग गर्नको लागि सम्पर्क नं ९८५६०३१२६३ र कृष्ण खनालको मोवाईल नं. ९८२७१४६६४७ मा फोन गर्न सकिने मिर्गौला पिडितकी श्रीमती सीता खनालले वताईन।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...