आमाको नामबाट नागरिकता पाउने कानून बनेपनि कार्यान्वयनमा समस्या ः सांसद मित्रकुमारी गुरुङ

पोखरा, मंसिर २४ गते । गण्डकी प्रदेश संसाद मित्रकुमारी गुरुङ सुवेलीले नेपालको संविधानले महिलालाई धेरै अधिकार दिएको बताउनु भएको छ । महिला हिंसा विरुद्धको १६दिने अभियान अन्र्तगत महिला मावन अधिकार रक्षक सञ्जालले पोखरा १४ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले संविधानमा लेखिएपनि त्यसको कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो ।

उहाँले महिलाहरुले धेरै संघर्ष गरेर अधिकार पाएको बताउदै आमाको नामबाट नागरिकता पाउने ब्यवस्था भएपनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । नागरितामा महिलाले आफनो पहिचान दिन नपाएको बताउदै संबिधानमा आमाको नागरिता बाट छोरा छोरिको नागरिता बन्छ भभनेपनि व्यबहारमा लागु नभएको बताउनुभयो ।उहाँले महिलाहरु आफनो पहिचान र अधिकारका लागि एकजुुट हुदै संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा आइपास नेपाल गण्डकीका संयोजक थमकुमारी कुँवर, पश्चिमाञ्चल तालिम केन्द्रका तालिम अफिसर मिनकुमारी ओझा,नेकपा नेतृ बिजया सुवेदी, महिला मानब अधिकार रक्षक सञ्जालका कोषाध्यक्ष बीना पुन, सदस्य भिमा पौडेल, सदस्य युमाया पुन, गुनमाया गुरुङ लगायतले महिला हिंसा र अधिकार बारे बोलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...