जाउँ है पोखरा अभियान विरगंजमा, पोखरा-सिमरा सिधा हवाइ सेवामा जोड

विरगंज, मंसिर २५ गते । कोभिड- १९ बाट मुर्छित् पर्यटनलाई जगाउने उद्देश्यले संचालित जाउँ है पोखरा अभियान अन्तर्गत विरगंजमा बुधबार आयोजित कार्यक्रममा सिमरा-पोखरा सिधा हवाई उडानमा जोड दिइएको छ ।पश्चिमान्चल होटल संघ पोखराद्वारा संचालित चार दिने सो अभियानको १५ सदश्यीय टोलीसँग विरगंज उद्धोग वाणिज्य संघले औद्धोगिक नगरी विरगंजमा एक अन्तरक्रिया कार्यक्रम गरेको थियो ।कार्यक्रममा पश्चिमान्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले उल्लेखित दुई शहर विच सिधा हवाई सेवा सुरु भए भारतीय तथा स्थानीय पर्यटकलाई पोखरा पुग्न धेरै सहज हुने भनाई राखे ।
विरगंज उद्धोग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्धोग वाणिज्य महासंघका कार्यकारी सदस्य गोपाल केडियाले हप्तामा कम्तिमा एक-एकवटा भए पनि दुई शहर विच उडान हुन जरुरी भएको भनाई राखे । “उडानमा घाटा भए  हामी क्षतिपूर्ती वहन गरिदिन तयार छौं,”उनले भने ।तत्कालिन पर्यटन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारी र गण्डकी प्रदेशका उद्धोग, पर्यटन, बन तथा वातावरण मान्त्री विकास लम्सालले समेत सिधा उडानको कुरा गरे पनि कार्यान्वयन नहुनु दु:खद भएको विरगंजका व्य्वसायीले गुनासो गरे ।
प्रदेश २ का उद्दोग, पर्यटन, बन तथा वातावरण राज्य मन्त्री सुरेशकुमार मण्डलले उद्धोग, पर्यटन र कृषिलाई आफ्नो प्रदेशले विशेष जोड दिएको भन्दै होटल संघको प्रबर्द्धनात्मक अभियान प्रशंसायोग्य भएको बताए । विरगंज र जनकपुर धार्मिक र अन्य पर्यटनको हिसावले समेत महत्वपूपुर्ण भएको भन्दै उनले प्रदेश २ सरकार गण्डकी प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । जनकपुर र पोखरा हवाई सेवाले जोड्ने निर्णय भईसकेको दावी उनले कार्यक्रममा सुनाए ।
पोखरेली पर्यटनबारे थप प्रस्ट्याउँदै अध्यक्ष तुलाचनले आन्तरिक पर्यटनको माहोल सिर्जना गर्न जाउँ है पोखरा अभियान तत्कालिन अवस्थामा सुरु गरिएको र सधैं अब कोरोना भनेर व्यवसाय र प्रबर्द्धन ठप्प राख्दा जीवन चल्न नै कठीन हुन थालेको भन्दै भ्रमणको सुरुवात पुनः आफैंबाट गरेको बताए । विरगंज अपार संभावना बोकेको शहर भएको स्मरण पनि तुलाचनले सो अवसरमा गराए । संकटको यो घडीमा पर्यटनलाई पुनर्जीवन दिन पोखराको पर्यटकीय सेवा सुविधामा ५० प्रतिशत सम्म छुट सहितको मूल्य निर्धारण गरिएको पनि अध्यक्ष तुलाचनले जानकारी दिए ।
विरगंज उद्धोग वाणिज्य संघका उपाध्यक्ष एबं नेपाल उद्धोग वाणिज्य महासंघका कार्यकारी सदश्य सुवोधकुमार गुप्ताले कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए । यसअघि बुधबार नै पर्सा राष्ट्रिय निकुन्जमा अभियानको टोलीलाई स्वागत गरिएको थियो । सो अवसरमा बोल्दै अभियानका संयोजक  एवं होटल संघ नेपालका केन्द्रीय सदश्य भरतराज पराजुलीले पर्यटनका लागि प्रबर्द्धन र पहुँच अति आबश्यक पर्ने भन्दै नेपाली पनि पर्यटक हुन सक्ने अवधाराणासहित अभियानको थालनी गरिएको जानकारी दिए । सिमरा र पोखरा हवाई सेवाले जोडिए त्यस्तो पहुँचमा ठूलो फड्को हुने भनाई उनको थियो । स्थानीय होटल संघका अध्यक्ष मोहन शर्मा, सहायक संरक्षण अधिकृत रमेश यादव, रेन्जर प्रकाश पुन र व्यवसायी प्रकश लम्सालले पनि सो अवसरमा भनाई राखेका थिए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदश्य विप्लव पौडेल र पश्चिमान्चल होटल संघ पोखराका सल्लाहकार हरि शर्मा गैह्रे पनि अभियानको टोलीसँगै छन् ।नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा यसपटक बुधबारबाट सुरु गरिएको अभियान अन्तर्गत सिमरा, विरगंज, जनकपुर, बिराटनगर र चितवन जस्ता शहर समेटिएको छ । ती शहरमा पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रम आयोजना तथा पोखरा सम्बन्धी प्रबर्द्धनात्मक सामग्री वितरण जस्ता कार्यक्रम पनि रहेका छन् ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...