माछापुच्छ्रे गाउँपालिकामा भिरबाट लडेर अधिकारी घाइते

पोखरा, मंसिर २५ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भिरबाट लडेर एक जना घाइते भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार माछापुच्छ्रे ४ भिरकटेरा बस्ने वर्ष ४८ का बिष्णु अधिकारी भिरमा घाँस काट्ने क्रममा अचानक लडेर घाईते भएको प्रहरीले जनाएको छ । घाइते अधिकारीको मणिपाल अस्पताल पोखरामा उपचार भैरहेको छ भने अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...