उपल्लो मुस्ताङ घिलिङबासीले भने सिचाइ नदिने हो भने हामीलाई बसाइसराइ सिफारिस देउ

पोखरा, मंसिर २५ गते ।हिमाली जिल्ला मुस्ताङको उपल्लो भेग आफैमा रमणीय र सुन्दर ठाउ भएतापनि हिउदमा अत्याधिक चिसो र वर्षा याम खेतीपाती हुने समयमा भने अझैपनि सिचाइको अभावका कारण आफ्नो थातथलोनै छोड्नुपर्ने बाध्यतामा पुगेका छन । नेपाल सरकारले सुखी नेपाली समृद्ध नेपालको नाराका साथ अगाडि वढेको भएतापनि त्यहा पुग्दाभने अझैपनि स्थानियले निकै कष्टकर जीवन जीउन बाध्य छन ।

हिउदमा हिउ पर्ने र वर्षायाममा पर्याप्त मात्रामा पानी नपर्ने भएकाले नजिकैको खोलाबाट सिचाइ गर्नुपर्ने भएतापनि सिचाइको पूर्ण सुविधा नहुदा लो घेकर दामोदर कुण्ड गाउपालिकाका घिलिङ र ढाकमारका स्थानियहरुभने गाउनै छाडेर बसाइसर्नुपर्ने अवस्थामा पुगेको वताउछन । घिलिङ र ढाकमार बासीले वर्षौ पहिलेदेखी बाग्लुङमा रहेको सिचाइ कार्यालयमा पुगेर सिचाइको लागि सहयोग गर्न आग्रह गरेको भएतापनि हाल सम्म पनि सिचाइ पाउन नसकेको लो घेकर दामोदरकुण्ड गाउपालिका वडा नम्बर ३ का अध्यक्ष सम्तेन ढावा गुरुङले वताए ।

 

घिलिङ फांटमा स्याउ संगै आलु, साग, मुला, मेथी, फापर, उवा, गहु, जौ लगायतका वालिहरु उत्पादन हुने भएतापनि हाल सम्म सिचाइको अभावमा अधिकांश भागहरु बांझोमा परिणत हुने क्रम वढ्दो छ । ६८ घर धुरी रहेको उक्त वडामा १ सय ७५ हेक्टर जमिन खेतीयोग्य फांटको रुपमा रहेको भएतापनि हाल सम्म सिचाइको अभावका कारण बांझो जग्गा वढ्दो क्रममा रहेको वताउदै पूर्वाधार बिकासका कामको अनुगमनका क्रममा घिलिङकम पुगेको गण्डकी प्रदेश भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेतसामु आफ्नो माग राख्दै वडाअध्क्ष गुरुङले भने अझैपनि प्रदेश सरकारलाई हामीले आफ्नो माग राखेका छौ अवपनि माग पुरा नभए हामी बसाइसराइका लागि निवेदन चढाउने तयारीमा छौ । बिकासको काम नगर्नेहोभने यो ठाउमा बस्नुभन्दा अन्यत्रै बसाइ सर्न ठीक हुने उनको भनाइ रहेको थियो ।

 

सिचाइ र कृषी कार्यालयमा वर्षौदेखी धाउदापनि हाल गण्डकी प्रदेश सरकारले ३० लाखमात्र बजेट उपलब्ध गराएको र त्यसले कुनैपनि काम नहुने भन्दै अध्यक्ष गुरुङले सिर्तुङ सिचाइका लागी पांच करोड बजेट आवश्यक पर्ने वताए । घिलिङ फांटमा नजिकैको सिर्तुङ खोलाबाट ४ किलोमिटर नहरबाट सिचाइ ल्याउन सकिने अध्यक्ष गुरुङको भनाइ रहेको थियो । घिलिङ फांट उत्पादनयोग्य ठाउ रहेकाले उक्त ठाउमा विउविजन उत्पादन गरी समग्र मुस्ताङमा विउहरु उपलब्ध गराउन सकिने समेत स्थानियहरुको भनाइ रहेको छ ।

 

विकास निर्माणको अनुगमनका लागि उपल्लो मुस्ताङको घिलिङ पुगेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले तीन तहको सरकार हुदा पनि सरकारले जनताको समस्याको समाधान गर्न नसक्नु आफैमा दुखद पक्ष भएको वताउदै अघिल्लो सरकारहरुको पालोमा भन्दा पछिल्लो स्थाइ सरकारले बिकासका कामहरुको थालनी गरेकाले यसले पक्कैपनि राम्रो निकास लिने वताउदै लोघेकर दामोदर कुण्ड गाउपालिकाको तीन नम्बर वडामा रहेको घिलिङ फांटको सिचाइका लागी गण्डकी प्रदेश सरकारले सहयोग गर्नेमा ढुक्क रहन आग्रह गरे । मन्त्री बस्नेतले भने घिलिङ बासीले अव बसाइसराइको कुरा गर्नु पर्दैन अव प्रदेश सरकारले तपाइहरुको गाउको खानेपानी र सिचाइका लागी पूर्ण प्रतिवद्धता सहित काम गर्नेछ ।

 

प्रदेश सरकारले जनताको पक्षमा काम गर्दै आइरहेको वताउदै आफुहरुले मन्त्रालयमा बसेर बजेट वाडफांड गर्दा यो वर्ष ३० लाख छुट्टीएको र आफुले प्रत्यक्ष अवलोकन गर्दा त्यसले कुनैपनि काम नहुने आफुले मनन गरेकाले घिलिङको खानेपानी र सिचाइको लागि पर्याप्त बजेट विनियोजन गरी आफुलेनै उक्त आयाजनाको उद्घाटन गर्ने उनको भनाइ रहेको थियो ।

 

उपल्लो मुस्ताङबाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले सरकारले जनताको समस्यालाई नजिकबाट नियाल्नका लागी गाउ गाउमा मन्त्री आउनुभएको वताउदै अव पक्कैपनि सरकारले जनताको समस्यालाई नियालेर समस्याको समाधान गर्नेमा स्थानियलाई ढुक्क हुन समेत आग्रह गरे । प्रदेश सरकारको उज्यालो प्रदेश अभियानलाई सफल बनाउनका लागी भौतिक पूर्वाधार मन्त्री हिमाली जिल्ला मुस्ताङ आइपुगेको र यहांको समस्यालाई नजिकबाट नियालेर गएपछि पक्कैपनि यो क्षेत्रमा अलमल परेका आयोजनाहरु सम्पन्न हुनेमा आफु ढुक्क रहेको उनको भनाइ रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...