पोउवा संघको निर्वाचन समिति संयोजकमा तीर्थ श्रेष्ठ

पोखरा,मंसिर २५ गते । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनअन्तर्गत सम्पादन हुने निर्वाचनको लागि तीर्थ श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ । कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ संघका पूर्वकार्यसमिति सदस्य र हाल साधारण सदस्य हुनुहुन्छ ।


संघको मंसिर २१ गते बसेको कार्यसमितिको बैठकले आउँदो पुस २४ र २५ गते आयोजना हुने निर्वाचन कार्यक्रमको संयोजकसहित सहसंयोजक र सदस्यहरु मनोनय गरिएको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिनुभयो । महासचिव पोखरेलका अनुसार निर्वाचन समितिको सहसंयोजकमा दीप टे«डर्सका राजेन्द्रकुमार बाटाजु रहनु भएको छ ।

 

निर्वाचन समितिका सदस्यहरुमा अन्नपूर्ण फुड्स एण्ड वेभरेज प्रालिका डम्बरसिंह गुरुङ, फुजियामा टे«क्स एण्ड एक्पिटिसन प्रालिकाका टीकाराम सापकोटा, पि सुलभ इण्टरप्राइजेजका प्रकाश ज्ञवाली रहनु भएको छ । सदस्यमध्ये डम्बरसिंह गुरुङ र टीकराम सापकोटा संघका पूर्वकार्यसमिति सदस्य पनि हुनुहुन्छ । संघका कानूनी सल्लाहकार दामोदर अधिकारी निर्वाचन समितिको पनि कानूनी सल्लाहकार रहनु भएको छ । महाधिवेशनअन्तर्गत चुनावी कार्यक्रम पुस २५ गते भए पनि निर्वाचनका कार्यक्रमहरु संघको विधान अनुसार निर्वाचन समितिले नै निर्धारण गर्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...