पोखरामा एक पुरुष मृत फेला

पोखरा, मंसिर २६ गते । पोखरामा एक पुरुष मृत फेला परेका छन् । पोखरा महानगरपालिका १ बगर स्थित माछापुछ्रे बैंक नजिक अन्दाजी ६० वर्षको मगर बुढा भन्ने पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ  ।

मगर बुढा भनी बोलाउने काहुँ खोला घर बताउने तर वास्तविक नाम,थर ,वतन नखुलेको र मागेर  हिड्ने पुरुष व्यक्ति मुखबाट रगत बगीरहेको अचेत अवस्थामा स्थानियले देखि प्रहरी कार्यालयमा जानकारी गराएका थिए ।

 

तत्कालै उक्त स्थानमा प्रहरी टोली खटिई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पठाईएको र चिकित्सकले चेकजाच गर्ने क्रममा मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धान भैरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...