प्रम ओली र देउवाबीच भेट

काठमाडौँ, मङ्सिर २७  गते । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार साँझ भेटघाट भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न भेटमा आइतबार संवैधानिक परिषदको बैठक बोलाउने र त्यसका तयारीबारे छलफल भएको जनाइएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार, प्रधानमन्त्री ओली र प्रतिपक्षी दलका नेता देउवाबीच संवैधानिक परिषद्को बैठक आइतबार राख्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीको लामो प्रयासका बाबजुद पनि संवैधानिक आयोगहरुमा नियुक्ति हुन सकेको छैन । उहाँका अनुसार, आइतबार विहान नौ बजेका लागि संवैधानिक परिषद्को बैठक डाक्ने सहमति भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता संवैधानिक परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था रहेको छ । भेटघाटमा नेपाली कांग्रेसका नेता रमेश लेखक र उपनेता नेम्वाङको समेत सहभागिता रहेको थियो

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...