पोखरामा–५ मा सिलाई, कटाई तालिम शुभारम्भ

पोखरा, मंसिर २७ गते । सेवाका लागि युवा केन्द्रको आयेजना तथा सेवा क्यानेडाको प्रायोजनमा प्रस्याङ्–५ मा सिलाई, कटाई तालिम शुभारम्भ गरिएको छ ।


विभिन्न दुर्गम क्षेत्रबाट पोखरामा आई बसोबास गर्ने विपन्न, दलित, जनजाति, पिछडिएका एवं मृगौला पिडिति महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

शनिबार कार्यक्रमको उद्घाटन गर्दै रेडियो जननी ९०.६ का अध्यक्ष एवं महिला उद्यमी मिलन थापाले महिलाहरु प्राय घरायसी काममा बढी सिमित हुनेहुँदा बाहिरी अवसर गुमाउने गरेको बताउनुभयो । देश विकासका निम्ति सिप अति आवश्यक रहेको भन्दै केन्द्रले हरेक वर्गलाई समेट्ने कार्य गरिरहेको प्रति उहाँले खुसी व्यक्त गर्नुभयो । महिला एवं युवा जमातलाई राष्ट्रको मुल आधार बन्न स्वयमं निडर हुन आवश्यक रहेको समेत थापाको भनाई थियो ।

सोही अवसरमा सञ्जिवनी दिदीबहिनी केन्द्रका अध्यक्ष, समाजसेवी एवं सामाजिक अभियान्ता विना गुरुङले विभिन्न संधसंस्थाबाट संचालन हुने यस्ता सिपमुलक कार्यक्रममा कोही पनि बञ्चित हुन नहुने बताउनुभयो । हरेक क्षेत्रका रहेका महिलाहरुलाई सशक्तिकरण गर्न जरुरी रहेको गुरुङको भनाई थियो ।

केन्द्रका उपाध्यक्ष पशुराम भण्डारीले समाजमा रहेका युवा, दिदीबहिनीहरुका निम्ति सिपमुलक तालिमहरु संचालन गरिरहेको भन्दै सिलाई, कटाई तालिममा करिब ३० जना महिलाहरुको सहभागिता हुने जानकारी दिनुभयो ।

सेवाका लागि युवाका केन्द्रिय सचिव छेवाङ कर्मा तामाङले धर्म सस्ँकृतिको संरक्षण, सृजनात्मक क्रियाकलापका साथै मानविय मुल्य मान्यतालाई आधार शिला बनाउदै सेवा भावको विकास गराउने लक्ष्य एवं उद्देश्यका साथ केन्द्र अगाडी बढिरहेको बताउनुभयो । सेवाका लागि युवा केन्द्रका उपाध्यक्ष पशुराम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन केन्द्रका कोषाध्यक्ष गोपाल गौतमले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...