नेकपाको आन्तरिक झगडाले विकास रोकिदैन–मुख्यमन्त्री गुरुङ

गण्डकी, मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक झगडाले मुलुकको विकास निर्माण नरोकिने बताउनु भएको छ । पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित श्रवण कुमार गृह जेष्ठ नागरिक सेवा केन्द्रको आज शिलान्यास गर्दै उहाँले समृद्धिको आधार प्राप्तिका लागि विकास निर्माणमा तीनै तहका सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।


प्रदेश सरकारले जेष्ठनागरिक तथा अपाङ्ग भौतिक संरचना निर्माणमा जोड दिंदै आएको बताउँदै मुख्यमन्त्री गुरुङले सरकार र समाजको सझेदारीमा गरिने निर्माण उपलव्धी मूलक हुने विश्वास व्यक्त गर्नुभयो ।सरकार सडक मानव रहित प्रदेश बनाउने अभियानमा जुटेको उल्लेख गर्दै उहाँले त्यसका लागि सवै पक्षको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

कोरोना भाइरस कोभिड–१९को उपचारमा तीनै तहका सरकार जिम्मेवार भएर लागेको बताउँदै उहाँले सरकारी अस्पतालले निशुल्क उपचार गर्दा पनि कतिपय विरामीलाई परिवारले नीजि अस्पतालमा लैजाने गरेको बताउनुभयो ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सरकार जेष्ठनागरिक प्रति गंभीर रहेको उल्लेख गर्दै आगामी दुई बर्षभित्र जेष्ठनागरिक भक्ता पाँच हजार पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दिवा सेवा केन्द्र सञ्चालनमा आएपछि एक बर्षसम्म बुबाआमालाई आप्mनो तर्पmबाट खाजाको व्यवस्था गर्ने जानकारी दिनुभयो ।

अर्का प्रदेश सभा सदस्य विन्दु थापाले समाजका जेष्ठनागरिकलाई घर घरमा दिनु पर्ने व्यवहार यथेस्ट नपुगेको बताउँदै दिवा सेवा केन्द्र सञ्चालनमा आएसंगै उनीहरुलाई केही हदसम्म भएपनि सुविधा पुग्ने बताउनुभयो ।प्रदेश सभा सदस्य प्रभा कोइरालाले आप्mनो व्यक्तिगत तर्पmवाट ५० हजार १५५ रुपैया अक्ष्यकोषको लागि प्रदान गर्ने घोषणा गर्दै प्रदेश भौतिक पूर्वाधार विकास कार्यक्रमबाट पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु मिना गुरुङ र पुष्पा केसी भण्डारीले जेष्ठनागरिक सेवा केन्द्र निर्माणमा सरकारी तथा आप्mनोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।पोखरा महानगरपालिका प्रमुख मान बहादुर जिसीले विगत लामो समयदेखिको अथक प्रयासबाट केन्द्र निर्माण कार्य अघि बढेको बताउँदै जनताले तिरेको करबाटै महानगरले विकासमा खर्च गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रको निरन्तरताको लागि समितिले सञ्चालन गरेको अक्षयकोषमा जम्मा हुने गरि राजेश गुरुङले एक लाख, लोक बहादुर थापाले रु. ५० हजार र कार्य समितिकोतर्पmबाट १२ लाख रुपैया गरि कूल १४ लाख रुपैया जम्मा भएको अध्यक्ष दानबहादुर बानियाले जानकारी दिनुभयो ।बडहर बोटस्थित सार्वजनिक जग्गामा कूल तीन लाखको लागतमा तीन तल्ले पक्कि भवन निर्माण गरिने छ ।

 

जसको पहिलो तल्लामा जेष्ठनागरिकको स्वास्थ्य परिक्षण, अध्ययन स्थल र भान्छा रहने छ भने दोश्रोमा प्रवचन तथा योगा हल तथा तेश्रो तल्लामा कार्यालय स्थापना गरिने बताइएको छ ।आगामी दुई बर्ष भित्र निर्माण सम्पन्न गरि सञ्चालन गरिने सो भवनका लागि प्रदेश सरकारबाट एक करोड, पोखरा महानगरपालिकाबाट एक करोड र संघीय एवम् प्रदेश सभा सदस्यहरुबाट समेत सहयोग हुने आश्वसन प्राप्त भएको संस्थाका सचिव दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...