कास्की निर्वाचन क्षेत्र नं १(१)मा एक घर एक धाराको अभियान अन्तिम चरणमा ःसांसद कोइराला

पोखरा, मंसिर २७ गते ।कास्की निर्वाचन क्षेत्रनं १(१)का प्रदेश सांसद दीपक कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा एक घर एक धाराको  अभियान अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।  गण्डकी प्रदेश सभा अन्तरगर्तको अर्थ तथा विकास समितिका सभापति समेत रहनु भएका कोइरालाले शनिबार निर्वाचन क्षेत्रमा पर्ने  निर्माणधिन चैनपूर सातमुहाने खानेपानी योजनाको निरीक्षण गर्दे उक्त कुरा बताउनु भएको  हो ।

उक्त योजनाको लागि गत बर्ष प्रदेशबाट ४८ लाख र यस बर्ष ३० लाख बजेट विनियोजन भएको बताउदै कोरालाले चैनपूर र सातमुहाने क्षेत्रका ११ सय घर परिवारलाई यस योजनाले समेटने बताउनु भयो । आफ्नो निर्वाचन क्षेत्र भित्र लेखनाथ साना शहरी खानेपानी योजनाले  स्वच्छपानी उपलब्ध गराउदै आएको  र रुपा गाउँपालिकामा पनि प्रदेश र संघीय सरकारको सहकार्यमा अभियान तिव्र रुपमा अगाडि बढेकोले आफ्नो निर्वाचन क्षेत्रमा एक घर एक धाराको अभियान अन्तिम चरणमा पुगेको बताउनु भयो ।

 

चैनपूर सातमुहाने खानेपानी उपभोक्ता समितिका सचिव केशबराज पंगेनीले करिव ७ किलोमिटर टाडा रुपा गाउँ मुहानबाट पानी ल्याई चैनपुरडाँडामा ३ लाख लिटरको ट्याङकी निर्माण गरेर पानी वितरण गर्ने बताउनु भएको छ । गत बर्षको प्रदेश सरकारको बजेटबाट पाइप खरिद गरेको अहिले पाइप विछउने र पुर्नेकाम भइरहेको बताउनु भयो ।यस ओजना सम्पन्न भएपछि त्यस क्षेत्रमा पानीको कुनै समस्या नहुने पंगेनीको भनाई रहेको थियो ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...