कार्बन–शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील छौंँ ःप्रधानमन्त्री ओली

काठमाडौँ, मङ्सिर २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तनको असर न्यून गर्दै त्यसका उपाय पालना गर्न सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ । त्यसका लागि हरित यात्रामा एकसाथ अगाडि बढ्न नेपालले सबै मुलुकको साथ अपेक्षा गरेको औँल्याउँदै भन्नुभयो, “हामी जलवायु उत्थानशील विकासको प्रवद्र्धन गर्न प्रतिबद्ध छाँैं र कार्बन–शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील छौंँ ।”


जलवायु सम्मेलनलाई सम्बोधन गर्नुहुँदै हरित वृद्धि र हरित पुनरुत्थान प्रवद्र्धन गर्न नेपालले सफा तथा नवीकरणीय ऊर्जा उत्पादनलाई प्राथमिकता दिएको बताउनुुभयो । विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या–पर्यटनको प्रवद्र्धनमा जोड दिएको अनुभव साट्नुभयो ।प्रधानमन्त्री ओलीले कोभिड–१९ ले कोप–२६ स्थगित गर्न बाध्य तुल्याए पनि सफा एवं हरित धर्ती निर्माण सम्बन्धी अभियान स्थगित हुन नसक्ने औँल्याउनुभयो । उहाँले पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्ने आह्वानको दरिलो समर्थन नेपालले गरेको स्पष्ट पार्नुभयो ।

सम्मेलन आयोजक राष्ट्र चिली, फ्रान्स, इटाली, बेलायतसहित तथा संयुक्त राष्ट्रसङ्घीय नेतृत्वको उहाँले सराहना गर्नुभयो ।नेपालले सन् २०३० सम्ममा संरक्षित क्षेत्र विस्तार गरी २३५ बाट ३०५ पु¥याउने र जैविक विविधताको जगेर्ना गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।उहाँले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय सन्तुलन कायम राख्न हिमालको महिमा बोध गर्न म विश्वलाई आग्रह गर्दछु भन्नुभयो नेपालले यसै वर्षको अन्त्य सम्ममा परिष्कृत नेपालको आफ्नो राष्ट्रिय प्रतिबद्धता र योगदान सहितको प्रतिवेदन (एनडीसी) प्रस्तुत गर्ने र सन् २०५० भित्र शून्य प्रायः कार्बन उत्सर्जनको अवस्थामा पुग्ने महìवाकाङ्क्षी दीर्घकालीन रणनीति तर्जुमा गर्ने तयारीमा रहेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

त्यस्तै उहाँका अनुसार सन् २०२१ सम्ममा राष्ट्रिय अनुकूलन योजना एवं जलवायु वित्त रणनीति र मार्गचित्रको निर्माणमा समेत अग्रसर रहेको छ ।
सन् २०३० सम्ममा नेपालले सबै ७५३ वटै स्थानीय तहमा जलवायु उत्थानशील अनुकूलन योजना लागू गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । यी महìवाकाङ्क्षा पूरा गर्न नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक रहेकाले त्यो सहयोगको अपेक्षा गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...