पत्रकार हिमनिधि लौडारीलाई पितृशोक

पोखरा,मङ्सिर २८ गते । । हिमदूत दैनिकका प्रबन्ध सम्पादक हिमनिधि लौडारीलाई पितृशोक परेको छ । उहाका पिता गंगाराम लौडारीको ८७ बर्षको उमेरमा शनिबार निधन भएको हो । उच्चरक्तचापको कारण पीडित वहालाई उपचारको लागि अस्पताल जैजाने क्रममा वहाको निधन भएको परिवार श्रोतले बताएको छ ।
२००७ देखिनै नेपाली काग्रेस पार्टीमा क्रियाशिल स्व लौडारी पार्टीको हरेक आन्दोलनमा सरिक हुदै आउनु भएको थियो ।तनहु जिल्ला भानुनगरपालिका वडा नं १० लामास्वारा निवासी स्व गंगाराम लौडारीका श्रीमती , दुई छोरा पत्रकार हिमनिधि लौडारी र भरत लोडारी , दुई बुहारी , दुई छोरी र ८ जना नातिनातिना छन् ।
स्व लौडारीकी जेठी बुहारी रबीना आले लौडारी प्रेस यूनियन कास्कीकी उपाध्यक्ष एवं रेडियो तरंगकी स्टेसन मेनेजर हुन ।स्व लौडारीको शनिबारनै धार्मिक परम्परा अनुसार दाहसंस्कार गरियो । वहाको पार्थिव शरिरमा छोराहरू हिमनिधि र भरतले दागबत्ती दिएका थिए ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...