फेवाताल किनार खपौदी क्षेत्रमा बनाइएका संरचना पोखरा महानगरले भत्कायो

पोखरा, मङ्सीर २८ गते । फेवातालमा किनारमा अटेरी गर्दै स्थानीयले संरचना सगै पर्खाल लगाएपछि महानगर सो संरचना भत्काएको छ ।

खपौदी क्षेत्रमा स्थानीयले बनाएको पर्खाल लगायतको संरचना पोखरा महानगरले भत्काएको महानगरका सूचना अधिकारी भरत पौड्लले जानकारी दिनुभयो ।


पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले महानगरको स्वीकृति विना बनाइएका संरचना भत्काउने अधिकार महानगरलाइ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, नेपाल सरकारले सीमा निर्धारण गर्ने समिति बनाइ काम पनि अगडि बढिसकेको छ र २,३ महिना सकिने योजना सहित काम भइरहेको थाहा भएर पनि संरचना निर्माण गर्नु भनेको कति सम्मको बलमिचाइ हो?

राज्य नभएको निरीह जस्तो गरि अनधिकृत ढंगले काम गर्न हुन्छ, “महानगर भित्र स्वीकृत विना संरचना बनाउनेलाइ कानुनी ढंगले कारवाहि गर्नेछौ, बनाएका संरचना भत्काउने सगै सार्वजनिक ऐन अनुसार मुद्धा हाल्ने सम्मको कारवाहि गछौ ,। मेयर जिसीले भन्नु भयो ।महानगरले यसअघि नै ताल किनारमा केही भू–भागको लालपूर्जा भएपनि महानगरले कुनैपनि संरचना बनाउन नदिन नक्सापासको काम यसअघि नै रोकेको छ । समितिले टुंगो नलगाए सम्म ताल छेउछाउ कुनैपनि संरचना निर्माण गर्न नपाउने भनेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापाले संरचना नभत्काउन आफूलाई धम्की आएको बताउनु भयो । उहाँले फेवा किनारमा पर्ने सबै १८ वडामा पर्ने जानकारी दिनु भयो ।‘ हिजो र आज दुइ दिन यसैमा लागेका छौ, महानगरले निर्माण सामाग्री जफत गरेको छ, सिमांकन भैरहेको र यस्तो अवस्था संरचना बनाउन नपाउने भन्दा भन्दै पनि बनाउनु मुर्खता हो, । अनाधिकृत रुपमा बनेका संरचनालाई हटाउदा धम्की आएपनि नडराउने उहाँले बताउनु भयो ।

फेवताल चार किल्ला निर्धारण , सिमाङन तथा नक्साङन समितिका अध्यक्ष पुष्य पौडेलले नापी टोलले फेवताल सिमांकनको काम गरिरहेको जानकारी दिनु भयो । सिमांकनको काम सकिएपछि अन्य काम हुने उहाँको भनाइ छ । अबको ३ महिनामा सक्नेगरि अगाडी योजनाका साथ काम गरिरहेको छ पौडेलले बताउनु भयो ।सर्वाेच्च अदालतले २०७६ वैशाख १६ गते गरेको फैसला अनुसार ताल सीमांकनको जिम्मेवारी संघ सरकारको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...