पोखराका ५३ सहित गण्डकीमा ८२ संक्रमित थपिए

पोखरा,मंसिर २८ गते । गण्डकीमा ८२ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका मध्य ५३जना पोखरा महानगरपालिकाका रहेका छन् ।

त्यस्तै बाग्लुङका ६ जना, तनहुँका ११ जना, लमजुङका ४ जना,स्याङजाका ४ जना,म्याग्दीका १ जना, गोरखाका एक जना,पर्वतका एक जना नयाँ संक्रमित थपिएका छन् ।गण्डकीमा हालसम्म १३३३३ संक्रमित पुगेका छन । यसैवीच गण्डकीमा आइतबार गण्डकीमा दुई जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा नम्वर १७ का ७४बर्षीय पुरुषको मृत्यु भएको छ। त्यस्तै तनहुँ जिल्ला म्याग्दे गाँउपालिका–२ ६० बर्षीय पुरुषको मृत्युुभएको छ। गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८४ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...