पत्रकारीताले सुसुचित समाज निर्माण गर्नुपर्छ ः पत्रकार महासंघका पूर्वअध्यक्ष गाँउले

पोखरा,मंसिर २८ गते । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाँउलेले पत्रकारीताले सुसुचित समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आयोजना गरेको कोभिड १९ले सञ्चार क्षेत्रमा पारेको असर र अवको पत्रकारीता विषयका अन्र्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,‘पत्रकारीताले सुुसुचित समाज निर्माण गरेपछि परिर्वतनको अगुवाई समाजले गर्छ ।’


उहाँले कोरोनाले राजनीतिक,आर्थिक र सबै क्षेत्रमा पारेको प्रभावले बताउदै कोरोनालाई पत्रकारले अवसरका रुपमा लिनुपर्ने बताउनुभयो । ‘कोभिडको बीचबाटै अवसरको खोजी गर्नुपर्छ पूर्वअध्यक्ष गाँउलेले भन्नुभयो, पत्रकारीता पहिलापनि समस्यामै रहेको थियो तर कोरोना बाहना भएको छ ।’

नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले कोरानालाई अवसर बनाएर मन नपरेका पत्रकारहरुलाई मिडियाबाट निकाल्ने मौका छोपेको बताउनुभयो । कोरोनाको बाहना बनाएर पूवाग्रह साध्ने अवस्था समेत देखियो महासचिव विष्टले भन्नुभयो,‘मिडिया हाउसले अहिलेसम्म कमाएकोबाट यो संकटमा निकाल्नुपर्ने हो ।तर उल्टै पत्रकारहरुलाई निकाल्नु गलत छ’ । उहाँले कोरोना चुनौती बाँकीनै छ उहाँले भन्नुभयो, ‘राज्यले सम्मान गर्नुपर्नेमा संक्रकटमा राज्यबाट सहयोग भएन् ।’

उहाँले सरकारले बनाएको बिज्ञापन बोर्ड असन्तुष्टि ब्यक्त गर्नुभयो। न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष गंगाधर पराजुलीले कोरोनाले पत्रपत्रिका प्रकाशनमा समस्या भएपछि अनलाइनमा आकर्षण बढेको बताउनुभयो ।उहाँले गत साउनसम्म २२ सय अनलाइन दर्ता भएको बताउनुभयो ।उहाँले लकडाउनका कारण छापामा ८० प्रतिशत, रेडियोमा ७० प्रतिशतल र टेलिभिजनमा ६० प्रतिशत र अनलाइनमा ४५ प्रतिशत विज्ञापनमा कटौती भएको बताउनुभयो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षता भएको कार्यक्रममा महासचिव गणेश पौडेल, पत्रकार अर्जुन गिरी, सरीता तिमिल्सिना, किशोरजंग थापा लगायतले कोरोना प्रभावरले सञ्चार क्षेत्रमा पारेको प्रभाव बारे भनाई राख्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...